मदनकृष्णको देशभक्ति गीत बुधवार सार्वजनिक हुने
हास्यसम्राट मदनकृष्ण श्रेष्ठको स्वरमा सजिएको देशभक्तिपूर्ण गीत “नेपाः जिगु प्राण खः” आउँदो बुधवार नेपालभाषाको लोकप्रिय टेलिसिरियल ख्वताबजिबाट प्रथम प्रसारण हुने भएको छ ।
रामकृष्ण ‘जुजु’को प्रस्तुति रहेको म्यूजिक भिडियोमा निर्देशक सुरेन्द्र तुलाधरको निर्देशन रहेको छ भने छायांकन तथा सम्पादन अमर चित्रकारको रहेको छ ।
पुतलिसडकस्थित अडियो नेपाः स्टूडियोमा रेकर्ड गरिएको गीतमा सुरेन्द्र अमर महर्जनको शब्द तथा सन्तोष श्रेष्ठको संगीत रहेको छ ।
म्यूजिक भिडियोको कोरियोग्राफी निर्देशक तुलाधरकै रहेको छ भने सुजन बज्राचार्य लाखे र मैयाँ महर्जन कुमारीका रुपमा देखिएका छन् ।
कलाकारहरुको श्रृंगार सनमकुमार श्रेष्ठको रहेको छ । हास्यसम्राट मदनकृष्णको जन्मदिनका अवसरमा यो गीत सार्वजनिक गर्न लागिएको म्यूजिक भिडियोका निर्देशक तुलाधरले बताएका छन् ।
यो गीत बिहीवारदेखि निर्देशक तुलाधरको यूट्यूब च्यानलबाट समेत हेर्न सकिने भएको छ ।












