वरिष्ठ संस्कृतविद् डा साफल्य अमात्य रहेनन्

वरिष्ठ संस्कृतविद् डा. साफल्य अमात्यको कोरोना भाइरस संक्रमणका कारण बुधवार वीर अस्पतालमा निधन भएको छ ।
विसं १९९९ सालमा ओमबहालमा जन्मनु भएका उहाँ पुरातत्व विभागका पूर्वमहानिर्देशक हुनुहुन्थ्यो भने उहाँले सांस्कृतिक संरक्षण र नेपालको कलाको संरक्षण सम्बन्धी विषयमा मोनुमेन्टस् कन्जरभेसेन इन नेपाल, आर्ट एन्ड कल्चर अफ नेपाल, आर्कियोलोजिकल एन्ड कल्चरल हेरिटेजेज अफ काठमाण्डौं भ्याली लगायत थुप्रै पुस्तक लेख्नु भएको छ ।
उहाँले मजिपातको लाखे, मरूसतः, बुंगद्यः, बागमती सभ्यता, टोखा संस्कृतिसँग सम्बन्धित धेरै पुस्तक र कार्यपत्रहरु पनि लेख्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध