युवा संघले उपलब्ध गरायो अक्सिजन
राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटी द्वारा आफू पनि बचाै अरुलाइ पनि बचाआै भन्ने नाराका साथ अहिले अक्सिजन अभाव भइरहेको समयमा १५ वडा निवासी एक परिवारलाई ईमर्जेन्सी अक्सिजन आवश्यकता भएको खबर प्राप्त हुना साथ उक्त परिवारलाई अक्सिजन उपलब्ध गराएको छ ।
नेकपा एमाले महानगर कमिटीका सदस्य उद्दव खड्गी, राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीका अध्यक्ष किसन डंगोल, उपाध्यक्ष नियाज उद्दिन, सचिव संजय शाहीहरुको सहयोगमा अक्सिजन उपलब्ध गराइएको थियो ।
नेकपा एमाले महानगर कमिटीका सदस्य उद्दव खड्गीले नेकपा एमाले १५ वडा कमिटी तथा राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटी यस्तो घडीमा आफ्नो वडाबासीहरुको लागि निरन्तर स्वयंसेवक रूपमा परिचालित हुनुका साथै सहयोग गर्ने बताए । साथै यस्तो परस्थितिमाको १५ वडा बासीहरुलाई अनावश्यक रूपमा बाहिर ननिस्कन संयमित भएर घरमा बसिदिनु हुन पनि आग्रह गरेका छन् ।








