केही मिनेटले जीवन र मृत्युको फैसला गर्छः बीएलएस किन सबैका लागि आवश्यक छ ?

कल्पना गर्नुहोस् — तपाईं साइकल चलाउँदै हुनुहुन्छ वा मर्निङवाक जाँदै हुनुहुन्छ, अचानक अगाडि एक जना व्यक्ति लड्नुभयो । यस्तो बेला कोही मानिस हेरेर बस्छन् त कोही मोबाइलबाट भिडियो खिचेर बस्छन्, कोही लडेको व्यक्तिको वरिपरि मानिस जम्मा हुन्छन्, कसैले एम्बुलेन्स बोलाउँछन्, कसैले पानी खोज्छन् । तर त्यो लडेको व्यक्तिको सास चलिरहेको छैन भने ?
त्यो क्षणमा हामीसँग भएको सबैभन्दा मूल्यवान वस्तु पैसा, मोबाइल वा साधन होइन—ज्ञान र सही समयमा सही कदम चाल्ने साहस हो ।
यही ज्ञान र सीपको महत्वपूर्ण हिस्सा हो Basic Life Support (BLS) ।

BLS भनेको के हो ?

Basic Life Support  अर्थात् आधारभूत जीवनरक्षाको सहयोग गर्नु ।
कुनै व्यक्तिको जीवन जोखिममा परेको अवस्थामा स्वास्थ्यकर्मी वा एम्बुलेन्स पुग्नुअघि प्रदान गरिने प्रारम्भिक जीवनरक्षक सहयोग गर्नु नै द्यीक् हुन् । यसमा आपत्कालीन अवस्था पहिचान गर्ने, सहयोगका लागि सम्पर्क गर्ने, ऋएच् ९ऋबचमष्यउगmियलबचथ च्भकगकअष्तबतष्यल० गर्ने, चोकिङ अर्थात् घाँटीमा खाना वा वस्तु अड्किँदा सहयोग गर्ने र उपलब्ध भएमा ब्भ्म् ९ब्गतयmबतभम भ्हतभचलब िम्भाष्दचष्ििबतयच० प्रयोग गर्ने जस्ता महत्वपूर्ण सीपहरू पर्दछन् ।
यो अस्पतालको काम मात्र होइन । आपत्कालीन अवस्था भनेको अस्पताल पुग्नुअघि जोखिम परेका व्यक्तिलाई प्राथमिक उपचार शुरु गरिनु हो, त्यसैले जीवन बचाउने पहिलो अवसर पनि हामीसँगै हुन्छ ।
किन प्रत्येक व्यक्तिले द्यीक् जान्नुपर्छ ?
दुर्घटना, अचानक बेहोस हुने अवस्था, हृदयाघात, नदि वा पोखरीमा डुब्ने घटना, चोकिङ वा अन्य आकस्मिक परिस्थितिहरू जो कसैलाई, जहाँसुकै र जुनसुकै समयमा पनि हुन सक्छन् । अचेल व्यायामको नाममा नेपालमा ४० वर्षमाथिका व्यक्तिहरु साइकल चलाउने चलन धेरै बढेको छ । विशेषगरी साइकल यात्रीका लागि द्यीक् को ज्ञान अझ महत्वपूर्ण हुन्छ । साइकलिङ गर्दा सडक उकालो–ओरालो, तीव्र गति, ट्राफिक तथा भौगोलिक अवस्थाका कारण दुर्घटनाको सम्भावना रहन्छ । समूहमा साइकल यात्रा गर्दा आफ्नो साथी दुर्घटनामा परेमा एम्बुलेन्स आउन केही समय लाग्न सक्छ । त्यो बीचको समय जीवन बचाउने “निर्णायक समय” हुन सक्छ । त्यसैले साइकल चलाउनु जति महत्वपूर्ण छ, आपत्कालीन अवस्थामा साथीको जीवन जोगाउन सक्ने सीप सिक्नु पनि उत्तिकै महत्वपूर्ण छ । ‘हेरेर बस्ने’ होइन, ‘सहयोग गर्ने’ संस्कार बसाउनु पर्दछ । आपत्कालीन घटना हुँदा धेरै मानिस डराउँछन् । के गर्ने, कसो गर्ने थाहा नहुँदा घाइते वरिपरि भीड जम्मा हुन्छ, तर प्रभावकारी सहयोग हुन सक्दैन । द्यीक् तालिमले यही डरलाई आत्मविश्वासमा बदल्छ ।
यसै सन्दर्भमा गत २०८३ श्रावण २७ गते बुधबारका दिन नेपाल साइकल सोसाइटीको संयोजकत्वमा धुलिखेल अस्पतालले आयोजना गरेको द्यबकष्अ ीषभ क्गउउयचत अर्थात् आधारभूत जीवनरक्षाको सहयोग तालिममा २७ जना साइक्लिष्टहरुलाई अस्पतालको अडोटोरियम ट्रेनिङ हलमा १ दिने तालिम संचालन गरिएको थियो । नेपाल साइकल सोसाइटीको संयोजकत्वमा धुलिखेल अस्पतालले आयोजना गरेको यो दोश्रो चरणको तालिम थियो भने यसभन्दा अगाडि पहिलो चरणमा २८ जना साइक्लिष्टहरु सहभागि भैसकेका थिए भने आगामी आउँदो भदौ १६ गते मंगलबारका दिन तेश्रो चरणको तालिम ललितपुरस्थित पाटन हस्पितलमा संचालन गरिने नेपाल साइकल सोसाइटीको तर्फबाट जानकारी प्राप्त भएको छ र यस्तो महत्वपूर्ण द्यीक् तालिम प्रत्येक साइक्लिष्टसाथीहरुले लिनैपर्छ भन्ने मेरो सुझाव रहेको छ ।
उक्त दोश्रो चरणको द्यीक् तालिम धुलिखेल अस्पतालका डा. जगदिश थापा, डा. पुकार क्षेत्री. इमर्जेन्सी फिजिसियन डा. सम्झना बस्नेत, ट्रेनिङ लजिष्टिक श्री अभिशेष चोङ्छे श्रेष्ठ र अन्य सहयोगीहरुबाट जोखिम व्यक्तिको अवस्थाको पहिचान एवम् मूल्यांकन गर्ने, आपतकालिन अवस्थामा कसरी अरु व्यक्तिहरुसँग सहयोग माग्ने, एम्बुलेन्स बोलाउँदा विरामीको अवस्था र ब्भ्म् मेशिनको माग गर्ने, वेहोस भएका व्यक्तिलाई ऋएच् ९ऋबचमष्यउगmियलबचथ च्भकगकअष्तबतष्यल० कसरी दिने, ब्भ्म् ९ब्गतयmबतभम भ्हतभचलब िम्भाष्दचष्ििबतयच० मेशिन बारे जानकारी दिनुका साथै कसरी संचालन गर्ने, चोकिङ अर्थात् घाँटीमा खाना अड्किइ श्वास फेर्न गाहो भएका व्यक्तिलाई कसरी सहयोग गर्ने, लडेर चोटपटक भई रक्तश्राव भएकालाई कसरी प्राथमिक उपचार गर्ने, हातखुट्टा भाँचेका व्यक्तिको तत्काल कसरी नियन्त्रण गर्ने, बेहोस भएका व्यक्तिलाई एम्बुलेन्स आउनु अगाडि कुन पोजिशनमा व्यवस्थापन गरी राख्ने र उक्त बेहोसीलाई स्ट्रेचरमा कसरी राख्ने ईत्यादी तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई प्रयोगात्मक तरिकाले सिकाई पश्चात प्रत्येकलाई प्राक्टिकल पनि गर्न लगाएको थियो ।
द्यीक् तालिमकै क्रममा सहभागि प्रशिक्षार्थीहरुलाई दुई चरण (२ पटक) गरी स्वास्थ्य सम्बन्धी परिक्षा लिई सोही अनुसार धेरै अङ्क प्राप्त गरेका प्रशिक्षार्थीहरुलाई धुलिखेल अस्पतालका गाइनोकोलोजिष्ट डाइरेक्टर डा. अन्जना डंगोलज्यूबाट क्रमशः प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमको अन्तमा नेपाल साइकल सोसाइटीका तर्फबाट ट्रेनिङ कोर्डिनेटर श्री रत्न श्रेष्ठज्यूबाट द्यीक् तालिम प्रदान गर्नु हुने धुलिखेल अस्पतालका डाक्टरहरुलाई मायाको चिनो स्वरुप सानो साइकल सोभिनियर प्रदान गर्दै प्रशिक्षार्थीहरुको तर्फबाट तालिम बापत लिएको रु. ५००÷– रकम तराईका मुसहर समुदायका जेहेन्दार छात्राहरुलाई स्कूल जान आउन साइकल डोनेशन गर्ने प्रयोजनार्थ लिएको जानकारी गराउनु भयो ।
तालिमपछि हामीले कम्तीमा यति बुझ्न सक्छौँ ।
१. जोखिम व्यक्तिको अवस्था कसरी मूल्याङ्कन गर्ने ?
२. कहिले र कसरी आपत्कालीन सहयोग माग्ने?
३. वयस्क व्यक्ति वा बच्चालाई ऋएच् कसरी कुन तरिकाले सुरु गर्ने ?
४. ब्भ्म् उपलब्ध हुँदा मेशिन कसरी प्रयोग गर्ने ?
५. चोकिङ हुँदा वयस्क व्यक्ति वा बच्चालाई कसरी सहयोग गर्ने ?
६. रक्तस्राव कसरी नियन्त्रण गर्ने ?
७. कहीं कतैबाट लडेर हात खुट्टा भाँचियो भने कसरी प्राथमिक उपचार गर्ने ?
८. बेहोस भएका व्यक्तिलाई कसरी स्ट्रेचरमा राख्ने र स्ट्रेचर कसरी बोक्ने ? ईत्यादी
यी प्रश्नको उत्तर पुस्तकमा पढेर मात्र होइन, व्यवहारिक अभ्यासबाट सिक्नु अझ प्रभावकारी हुन्छ । “केही मिनेटको ज्ञान, जीवन रक्षाको बरदान” भनेझै हामी मध्ये धेरैले साइकल चलाउन सिक्न समय खर्च गर्छौँ । हेल्मेट लगाउने, ब्रेक जाँच्ने, साइकलको टायरको हावा जाँच गर्ने र सुरक्षा सामग्री प्रयोग गर्ने कुरामा ध्यान दिन्छौँ । तर दुर्घटना भइहालेपछि “अब के गर्ने ?” भन्ने प्रश्नको उत्तर पनि हामीसँग हुनुपर्छ । तालिमले यही ज्ञानको तयारी गराउँछ—दुर्घटना नहोस् भन्ने सावधानीसँगै दुर्घटना भएमा कसरी प्रतिक्रिया दिने भन्ने ज्ञानको तयारी हो द्यीक् ।
यसलाई केवल तालिमका रूपमा होइन, जीवनरक्षा संस्कृतिको सुरुवातका रूपमा लिनुपर्छ ।
साइकलिङ समुदायबाट सुरु होस् जीवनरक्षा अभियान, साइकलिङले हामीलाई स्वास्थ्य, मित्रता, प्रकृतिसँगको सम्बन्ध र सामूहिकताको भावना सिकाएको छ ।
अब यसमा अर्को महत्वपूर्ण पक्ष जोडौँ— एकअर्काको जीवन बचाउने क्षमता । यदि एउटा साइकल यात्रीले द्यीक् सिक्यो र कुनै दिन सडकमा अर्को व्यक्तिको जीवन बचाउन सफल भयो भने त्यो ज्ञानको मूल्य कति होला ? त्यसको मूल्य पैसामा मापन गर्न सकिँदैन । त्यसैले प्रत्येक साइकल क्लब, साइकलिङ समूह, खेलकुद संस्था, विद्यालय, कलेज, कार्यालय र समुदायमा द्यीक् तथा प्राथमिक उपचारसम्बन्धी आधारभूत सचेतना र तालिमलाई प्राथमिकता दिन नितान्त आवश्यक छ ।
अन्त्यमा — सुरक्षित साइकलिङसँगै जीवनरक्षाको संकल्प
ूच्ष्मभ क्बाभच। द्यभ च्भबमथ तय च्भकउयलम। क्बखभ ब ीषभ।ू
यो केवल एउटा नारा होइन, यो प्रत्येक साइकल यात्रीले बोक्नुपर्ने जिम्मेवारीको सन्देश हो ।
सुरक्षित रूपमा साइकल चलाऔँ । हेल्मेट र सुरक्षा सामग्रीको प्रयोग गरौँ । सडक सुरक्षाका नियम पालना गरौँ । र सबैभन्दा महत्वपूर्ण—आपत्कालीन अवस्थामा जीवन बचाउन सक्ने ज्ञान र सीप हासिल गरौँ ।
किनकि दुर्घटना कहिले हुन्छ भनेर हामी कसैलाई थाहा हुदैन, तर दुर्घटना हुँदा कसरी प्रतिक्रिया दिने भन्ने तयारी आजै गर्न सक्छौँ ।
एक व्यक्ति प्रशिक्षित भयो भने एउटा सम्भावित जीवन बच्न सक्छ ।
एउटा समुदाय प्रशिक्षित भयो भने धेरै जीवन सुरक्षित हुन सक्छन् ।
त्यसैले द्यीक् सिकौँ, सिकाऔँ र जीवन बचाउने संस्कारको विकास गरौँ ।
सचेत नागरिक बनौँ ।
सक्षम बनौँ ।
सुरक्षित यात्रा गरौँ ।
र आवश्यक परेको बेला—जीवन बचाउने हात बनौँ ।
— जीवन अमूल्य छ, त्यसैले जीवन बचाउने ज्ञान पनि अमूल्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध