बैंकिङ्ग फ्रड
अहिले धेरै मानिसहरुले जिन्दगी भरिको आफ्नो मेहनतको कमाइ विश्वास गरेर बैंकमा जम्मा गरेका हुन्छन् । धेरैले त्यसबाट पाइने ब्याज र अन्य सुविधाहरु भन्दा पनि सुरक्षित रहने विश्वासले नै बैंकमा जम्मा गर्छन् । तर, उनीहरुले सोचेको जस्तै के बैंकमा रकम जम्मा गरेपछि सुरक्षित हुन्छ त ? बेला बेलामा सार्वजनिक भइरहने बैंकिङ्ग फ्रड तथा अन्य असुरक्षाका घटनाहरुले गर्दा पनि बैंकमा रकम जम्मा गर्नेको मनमा यस्ता प्रश्नले अझै बढी पिरोल्न सक्छ । आज हामी तपाईलाई बैंकमा रकम जम्मा गर्नु किन सुरक्षित हुन्छ र सुरक्षाका लागि बैंकहरुले अपनाएका उपायहरुको बारेमा चर्चा गर्दै छौं ।
नेपाली समाजमा चर्चित उखान छ ‘धन देखेपछि महादेवका पनि तीन नेत्र खुल्छन्’ । त्यस्तै बैंकमा राखिएको पैसामा पनि मेहनत नगरी ठूलो रकम कुम्ल्याउन खोज्ने प्रवृत्ति भएका व्यक्तिहरुको नजरमा रहन्छ । बैंक वा वित्तीय संस्थाबाट अवैध रुपमा पैसा प्राप्त गर्नको लागि अनैतिक कृयाकलाप गर्नु वा अपराधिक कार्य गर्नु नै बैंकिङ्ग फ्रड हो । बैंकिङ्ग फ्रड धेरै प्रकारका हुन्छन् जस्तो कि क्रेडिट कार्ड फ्रड, चेक बुक फ्रड आदि बैंकिङ्ग फ्रडका उदाहरणहरु हुन् ।
पछिल्ला दिनहरुमा बढ्दै गएको बैंकिङ्ग असुरक्षाका घटनाहरुले वास्तवमै बचत कर्ता तथा बैंक दुबैलाई चिन्तित बनाएको छ । यस्ता घटनाहरु बेला बेलामा हुने भएपनि यसबाट ग्राहकहरु डराउनु भने पर्दैन किनकि बैंकको पहिलो दायित्व आफूलाई विश्वास गरेर जम्मा गरेको रकमको सुरक्षा प्रदान गर्नु हो । त्यसैले बैंकमा यस्ता अवैधानिक घटनाहरु हुने सम्भावना भएपनि बैंकले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरेर यस्ता अवैध घटनाहरुबाट सुरक्षित रहने कोशिस गरीरहेको हुन्छ ।कुनै पनि सुरक्षा प्रणालीमा केही अनाधिकृत हस्तक्षेप हुन्छ भने त्यसको कारण पुरै डिजिट सिस्टम नै हुन्छ ।
सूचनाको चुहावटबाटै यस्तो घटना हुने हुनाले यसमा बैंकका तेस्रो पक्ष सेवा प्रदायक र ग्राहक पनि कमजोरी हुन सक्छ । किनकि सूचनाको चुहावट जहाँबाट पनि हुन सक्छ, बैंक एक्लैले यसलाई रोक्न संभव हुदैन । अझै पछिल्लो समयमा बैंकहरुले विभिन्न प्रविधिहरु आत्मसाथ गरिरहँदा त्यसले झनै सुचनाको चुहावट तथा प्रविधिक समस्यामा थप जटिलता थपिएको छ । जसले बैंकको सुरक्षा प्रणालीमा पनि समस्या सिर्जना गरेको छ ।
एन आई सी एशिया बैंक पनि डिजिटल फस्ट बैंक बन्ने यात्रामा रहेको र डिजिटल प्रविधिको प्रयोगबाट मात्रै अहिलेको समयमा ग्राहकको विस्वास जित्न सकिन्छ भन्ने सोचाइ रहेको छ । तर, प्रविधिलाई आत्मसाथ गरिरहँदा त्यसको सुरक्षा चुनौतिलाई पनि समानान्तर रुपमा ध्यान दिइरहनु पर्दछ ।
यस बैंकले बैंकिङ्ग प्रणालीमा सबैभन्दा उन्नत Gobal Risk Technology – GRM जडान गरेका छ । साथै VISA ले आफ्नो क्षेत्रबाट जाँच र प्रमाणीकरण गर्न सक्ने व्यवस्था स्वरूप CAM Validation र VISA Advanced Authorization को व्यवस्था गरेका छ । बैंकहरुले हरेक कारोबारमा सम्पन्न हुनु अगावै आवश्यक जाँच र प्रमाणीकरण गरी रहनुपर्छ ।नेपालमा एउटै संस्थाले सबै सेवा प्रदान गर्न सम्भव छैन । सेवा प्रदायक आफैले बैंकिङ्ग सेवा बनाएर बेच्छु भन्दा पनि त्यती सजिलो हुदैन ।
तर यी दुई मिलेर इनोभेटिभ सेवाहरु डिजाईन गर्न सकिन्छ । तर यसरी तेस्रो पक्षसँग मिलेर काम गर्न सुरक्षाको विषयमा भने चुनौति देखिन सक्छ । त्यसरी पार्टनर रोज्दा सूचनाको सुरक्षासँग सम्बन्धीत विज्ञलाई राम्रोसँग विचार गरेर अनि तयार गरेका सेवाहरुको सुरक्षा जाँचहरु गरेर मात्रै लागु गर्याे भने जहिले पनि राम्रो हुन्छ । तेस्रो पक्षसँग सहकार्य गरेर नै नयाँ इनोभेसनलाई सजिलो बनाउन सकिने भएपनि सुरक्षाको चुनौतिलाई बिर्सनु हुदैन ।बैंकिङ्ग सिस्टमको सुरक्षामा सेवाग्राही पनि जागरुक हुनु अत्यन्त जरुरी छ ।
त्यसको लागि सबैभन्दा पहिलो कुरा ग्राहकहरुले आफ्नो आफ्नो व्यक्तितग सुचनाहरु (नाम, ठेगाना, फोन नम्बर, मोबाइल नम्बर, जन्म मिति, खाता नम्बर, कार्ड नम्बर, अन्तिम मिति, पिन CVV पासवर्ड, युजरनेम आदि) सुरक्षित राख्ने । यी सुचनाहरु चाहिएको बेलामा सम्बन्धित व्यक्तिलाई बाहेक अन्य कसैलाई पनि दिनु हुदैन।त्यस्तै, Lottery, DV, Holiday जस्ता स्किमको लागि कसैले अघि भनिएका सुचना मागेमा दिनुहुदैन । आफ्नो पासवर्ड तथा एटिएमको पिन बेला बेलामा परिवर्तन गरिरहनु पर्छ । यसले गर्दा व्यक्तिगत सूचना बाहिर जान पाउदैन र खाता सुरक्षित हुन्छ ।
श्राेत ः एन आई सी एशिया बैंक








