रामशेखरको सम्झनामा सम्मान
रामशेखर लुमन्ति दबूको आयोजनामा ‘रामशेखर लुमन्ति सिरपाः’ (रामशेखर स्मृति पुरस्कार) साहित्यकार महेन्द्र गोपाल कर्माचार्यलाई प्रदान गरिएको छ ।
शनिबार भक्तपुरको गोमारी टोलमा साहित्यकार तिलक प्रकाश कायस्थको प्रमुख अातिथ्यतामा भएको कार्यक्रममा कर्माचार्यलाई नगद र सम्मानपत्र प्रदान गरिएको थियो ।
ने.सं. ११३९ मा प्रकाशित भई पुरस्कारका लागि दर्ता भएका १० वटा कथा संग्रह मध्ये कर्माचार्यको ‘इलं न्यंगु न्ह्यसः’ उत्कृष्ट रहेको निर्णायक मण्डलका सदस्यहरु मल्ल के सुन्दर र पूर्ण काजि ताम्राकारले बताए ।
स्वर्गीय हास्यव्यंग्यकार रामशेखर नकःमिको कृति राख्नका लागि उनको परिवारका तर्फबाट २ लाख र अन्य विभिन्न किसिमले जम्मा भएको रकम बैंकमा जम्ममा गरिएको आयोजकले बताए ।
पुरस्कारका लागि करं क्यंगु लँपु–निजिरोस श्रेष्ठ न्याछ्यों, मतिनाया सवाः–ज्ञानीराजा मानन्धर, बाखं कन्हेया–लक्ष्मी चन्द्र बज्राचार्य, ख्वाःपाः–रेणु श्रेष्ठ, लंगुरबुर्जा–राजा शाक्य, श्री ३–बिजय रत्न असंबरे, धाः–राजुराम मुनकःमि, क्वाःनाखं मिं नःगु छेँ–न्हुछे भक्त कवां, बाःवःगु ख्वबि/पिज्वय् मफुगु सः–श्याम गोपाल आशा र इलं न्यंगु न्ह्यसः–महेन्द्र गोपाल कर्माचार्यका पुस्तक दर्ता भएका थिए ।
दबूका अध्यक्ष गोविन्द मान श्रेष्ठको सभापतित्वमा सचिव प्रदीप रत्न शाक्यले कार्यक्रम सञ्चालन गरेको थियोे ।
राजेन्द्र रञ्जित








