म अग्निकुण्डमा प्रवेश गरेको छु ः मन्त्री श्रेष्ठ
नवनियुक्त मन्त्री कृष्णगोपाल श्रेष्ठले आफू अग्निकुण्डमा प्रवेश गरेको र यहाँबाट आफू खरानी हुने हो वा जनताको सहयोगले बच्न सफल हुने हो त्यो जनताकै हातमा भएको बताएको छ ।
उनले शहरी विकास मन्त्रीका रुपमा आफूलाई दिइएको जिम्मेवारीलाई अग्निकुण्डसँग तुलना गर्दै यस्तो बताएका हुन् ।

कार्तिक १ गते शनिवार पुष्पलाल स्मृति केन्द्र कामपा १८ वडा र कामपाले आयोजित बधाइ ज्ञापन कार्यक्रमलाई सम्बोधनका क्रममा यस्तो प्रतिक्रिया दिएको हो । कार्यक्रमपूर्व मन्त्री श्रेष्ठले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको मूर्तिमा माल्यार्पण गरेको थियो ।
उहाँले विगत ७ महिनादेखि काठमाडौं क्षेत्र नं. ७ बाट निर्वाचित मा. रामवीर मानन्धर राज्यमन्त्रीका रुपमा रहेकोले देशको विकासका लागि दुवै जना दत्तचित्त भएर लाग्ने बताए ।
उहाँले हब (हाउजिङ्ग, अर्वन डेभलपमेन्ट र बिल्डिङ कन्स्ट्रक्सन) आफ्नो प्रमुख कार्ययोजना रहने र देशका विकसित शहरलाई व्यवस्थित र आवश्यक स्थानमा शहर विकास गर्ने कार्यलाई प्रधानता दिने बताए ।
कामपा १८ वडा तथा स्मृति केन्द्र वडा समितिका अध्यक्ष न्हुछेकाजी महर्जनले नवनियुक्त मन्त्री श्रेष्ठलाई खादा ओढाई फूलमाला पहिराई बधाई ज्ञापन गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले सम्पदा क्षेत्रको विकास तथा जनभावना अनुरुप शहरी विकास गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गरे ।

बधाई ज्ञापन कार्यक्रम केन्द्रका सचिव एवम् वडा सदस्य हेमज्योति शाक्यले सञ्चालन गरेको थियो । कार्यक्रममा प्रदेशसभा सदस्य मा. बसन्त मानन्धर, संविधानसभा सदस्य प्रभा देवी बज्राचार्य, १८ वडाका सदस्य हेराशोभा महर्जन, रचना शर्मा, अम्बिका सुनारलगायतको उपस्थिति रहेको थियो ।








