६० वर्ष नपुगेकालाइ पनि भत्ता
नेपाल सरकारकाे यही असाेज २६ गते बसेकाे मन्त्रि परिषद् बैठकले ६० वर्ष उमेर नपुगेका विधवा र अति अपाङ्ग अशक्तता भएकाहरूलाई भत्ता उपलब्ध गराउन सबै स्थानीय तहलाई निर्देशन दिइएको छ ।
मन्त्रि परिषद्काे निर्णय अनुसार साविकमा सामाजिक सुरक्षा भत्ता खाईपाई आएका साठी वर्ष उमेर पूरा नगरेका विधवा र अति अशक्त अपाङ्गता (ख वर्गकाे अपाङ्गता परिचयपत्र) भएका लाभग्राहीहरूलाई आर्थिक सहायता उपलब्ध गराउन भनिएकाे छ।
मन्त्रिपरिषद् बैठकले एकल महिलालाई दुइ हजार रूपैयाँ र अति अशक्त अपाङ्गता भएकालाई मासिक एक हजार छ सय रूपैयाँका दरले चालु आ.व. २०७७/७८ काे प्रथम चाैमासिककाे भुक्तानि दिन राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका निर्देशक विष्णु लामिछानेले एक पत्र जारी गर्दै निर्देश गरेका छन् ।








