स्वरलिपि पुस्तक विमोचित

लामो समयदेखि वाँसुरी प्रशिक्षणमा समर्पित संगीतकार धर्म मुनिकारले तयार गर्नुभएको ‘स्वरलिपि’ पुस्तक यही असोज १ गते जूम मार्फत विमोचन गरिएको छ ।
नासः सृष्टि कलाको आयोजनामा नेवाः देय् दबूको प्राविधिक सहयोगमा विमोचन गरिएको पुस्तक नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायण भक्त श्रेष्ठ (रायन)को प्रमुख आतिथ्यतामा भएको थियो ।


कार्यक्रममा प्रमुख अतिथिका साथै सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राई, वर्ल्ड नेवाः अर्गनाइजेशनका अध्यक्ष सिजन श्रेष्ठ, नेवाः देय् दबूका अध्यक्ष नरेश कुमार ताम्राकार, ज्यापु महागुथि नेपाःका अध्यक्ष लोककवि राजभाई जकःमि, जनकवि दुर्गालाल श्रेष्ठ, वरिष्ठ सितार वादक तारावीर सिंह तुलाधर, वाद्यसम्राट न्हुछे बहादुर डंगोल, मिसेस नेपाल यूनिभर्श २०१८ का विजेता मनिषा डंगोल श्रेष्ठ, न्हय्मू न्हय्त्वाः दरुगुथि संरक्षण समितिका अध्यक्ष रामबहादुर डंगोल, मागः भोताहिति त्वाःखलःका गुरु सिंह बहादुर मुनिकार लगायत विशिष्ट अतिथिहरुले सो पुस्तक सामुहिकह रुपमा विमोचन गर्नुभएको थियो ।
प्रमुख अतिथि रायनले नेपालको मौलिक संगीतलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउनको लागि स्टाफ नोटेशनबाट पनि पुस्तक प्रकाशन गर्नु पर्नेमा जोड दिनुभयो ।
स्वरलिपि लेखक धर्म मुनिकारले आफ्नो २० वर्ष प्रशिक्षणको क्रममा तयार भएको १०१ वटा विभिन्न लोक, आधुनिक, भजन, ऋतु, प्रहर, ग्वारा, चालि गीतहरुको स्वरलिपि संग्रह गरी पुस्तकको रुपमा प्रकाशन गर्न पाउँदा खुसी लागेको बताउनु भयो । यो पुस्तक विशेष गरी बाँसुरी लगायत सम्पुर्ण संगीत साधन सिक्ने सिकाउनेहरुको लागि उपयोगी हुने बताउनु भयो ।
वरिष्ठ सितार वादक तारावीर सिंह तुलाधरले पुस्तकको वारेमा समिक्षा गर्नुभएको थियो ।
राष्ट्रिय गान तथा नेवाः राष्ट्रिय गानका साथ शुरु भएको सो कार्यक्रम सुनिता डंगोलले संचालन गरी नासः सृष्टि कलाका सचिव सुजित मुनिकारले स्वागत मन्तव्य राख्नु भएको थियो ।
सभापतिको आशनबाट नासः सृष्टि कलाका उपाध्यक्ष सुरेश महर्जनले धन्यावाद सहित कार्यक्रम समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध