‘मां छन्त लुमंका च्वना’को प्रिमियर

गायक नदीम शाक्यको नयाँ गीत `मां छन्त लुमंका च्वना´ हास्य सम्राट मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा ललितपुरको पुल्चोकस्थित एम्बियन्स ३६५ रेष्टुरेन्टमा आज प्रिमियर गरिएको छ ।

कार्यक्रममा मन्तव्य राख्दै हास्य सम्राट् श्रेष्ठले आफू ६ महिना छँदै आमा बित्नु भएकाेले आमाकाे न्यानाे मायाकाे अनुभूति गर्न नपाएकाे बताए । उनले आमाकाे माया कस्ताे हुन्छ भन्ने अनुभव गर्न नपाए पनि एकपटक हवाइ दुर्घटना भइ यात्रु सबै जलेर मरेकाे समयमा एउटी आमाले आफ्नाे बच्चालाई च्यापेर राखेकाे र त्याे  आमा र बच्चा छुटाउँदा छातिमा टाँसिएकाे भागकाे कपडा नजलेकाे हुनाले त्याे नजलेकाे कपडा जस्तै हुन्छ हाेला भन्ने अनुमान रहेकाे बताए ।

गीतमा संगीतकार  नील शाक्यकाे संगीत रहेकाे छ भने भुपेन्द्र बज्राचार्यकाे संगीत संयाेजन रहेकाे छ । संगीतकार विरेन्द्र कुमार शाक्यले रेकर्ड गरेकाे गीतकाे मिक्सिङ सुरेन्द्र श्रेष्ठले गरेका छन् ।
मर्मस्पर्शी गीतको शब्द रचना बेनी शाक्यको रहेको छ ।
दिवंगत आमा भिममाया शाक्यलाई समर्पित गीतका सम्बन्धमा गायक शाक्यले संगीतको नशामा परि सकेपछि छुट्न गार्‍हो हुने बताए। आफ्नो टोल नकबहिलमा साथी भाईहरुको संगतबाट गायनमा लागेको बताए ।
वरिष्ठ सिने पत्रकार विजयरत्न असंबरेले म्यूजिक भिडियोको समीक्षा गर्दै गीतमा गहनता रहेको बताउँदै स्वरले गीतको भावना बाेल्न सफल भएको बताए । आजको समय सूचना प्रविधिको युग भएकोले यसका माध्यमबाट समेत गीत संगीतको विकासमा टेवा पुग्दै आएको स्मरण गर्दै गीत राम्रो भएका कारण लोकप्रियता पाउने विश्वास प्रकट गरे ।
आजै प्रदर्शित म्यूजिक भिडियोमा आमाकाे भूमिकामा सुनिता ठाकुर र छाेराकाे भूमिकामा अमाेघवीर बज्राचार्य देखापरेका छन् भने बाल कलाकार अमाेन चित्रकारकाे अभिनय रहेकाे छ ।
म्यूजिक भिडयाेमा सनमकुमार श्रेष्ठकाे श्रृंगार, अमर चित्रकारकाे सम्पादन र छायांकन तथा सुरेन्द्र तुलाधरकाे निर्देशन रहेकाे छ ।
निर्देशक एवम् संयोजक सुरेन्द्र तुलाधरको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ सिने पत्रकार बिजय रत्न असंबरे, गायक शाक्य,
संगीतकार नील शाक्य अतिथिकारुपमा उपस्थित हुनु भएको थियोे ।
निर्देशक तुलाधरले स्वागत मन्तब्य राख्दै आमाको ममता सम्झेर, आमा जीवित भएर पनि सँगै बस्न नपाएका र स्वर्गीय सबैका लागि यो गीतले छुने बताए ।
आमाको महिमा गान भएकोले सबैलाई यो गीत लाईक, शेयर गरीदिन आग्रह गरे ।
प्रिमियर कार्यक्रम मञ्जु बज्राचार्यले सञ्चालन गरेकोे थियोे ।

याे गीत हाइलाइट्स् नेपालले यूट्यूबमार्फत् प्रिमियर गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध