पुरस्कार वितरण स्थगित
वरिष्ठ हास्य कलाकार तथा साहित्यकार रामशेखर नकर्मीको सम्झनामा स्थापित गरिएको रामशेखर लुमन्ति दबूले स्थापना गरेको साहित्यिक पुरस्कार वितरण कोभिड – १९ का कारण स्थगित गरिएको छ ।
स्व. नकर्मीको सम्झनामा उनको जन्मदिनका अवसरमा नेपालभाषाको कथा संग्रहहरु मध्ये उत्कृष्ट पुस्तकलाई प्रदान गरिने पुरस्कार वितरण स्थगित गरिएको दबूका संयोजक गोविन्दमान श्रेष्ठले जानकारी दिए ।
२५ हजार नगद राशी रहेको पुरस्कारका लागि ११ वटा पुस्तकहरु दर्ता भएका थिए । ने.सं. ११३९ मा प्रकाशित भएका कथा संग्रहहरु मध्येबाट उत्कृष्ट पुस्तकको चयन भइसकेको जनाउनु हुँदै पुरस्कार वितरणका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको भएता पनि कोभिड–१९ महामारीका कारण समारोह गर्न नसकिने भएका कारण पुरस्कार वितरण रोकिएको जनाए ।
ने.सं. १०८५ बछलागाः (जेठकृष्ण) षष्ठी तिथिका दिन नकर्मीको जन्म भएको थियो । यसै दिनको शुभ अवसर पारेर पुरस्कार वितरण गर्ने आयोजकको योजना रहे पनि यस वर्ष कोभिडका कारण कार्यक्रम पछाडि सारिएको छ ।








