गायक सलिल सुन्दर तुलाधरको ‘यः मां’ सार्वजनिक

गायक सलिल सुन्दर तुलाधरको आमा स्व. रुप शोभा तुलाधरमा समपर्ण गरी तयार पारेको नेपाल भाषाको गीत ‘यः मां’ को म्युजिक भिडियो यूट्यूबमार्फत् सार्वजनिक गरेकाे छ ।
आमा स्वर्गिय भएको ४५ औँ दिनमा गायक तुलाधरकाे लेखन, संगीत र स्वरमा रेकर्ड गरिएकाे गीतको म्युजिक भिडियो प्रथम वार्षिक पूण्य तिथीका दिन पारेर सार्वजनिक गरिएको हो । यस गीतको संगीत संयोजन अन्जन श्रेष्ठको रहेको छ भने रण बहादुर ताम्राकारले शब्द लेखनमा सहयोग गरेका छन् ।
मन्जु श्रेष्ठ, दिपक मगर र संर्निका राजोपाध्यायद्वारा अभिनित यस म्युजिक भिडियो मतिना प्रोडक्सनद्वारा तयार परिएको हो омг
विजु कर्माचार्यद्वारा निर्देशित यस म्युजिक भिडियोको छायांकन अमर चित्रकारले गरेका छन् भने सह निर्देशन तथा भिएफएक्स महेश्वर श्रेष्ठले गरेका छन् ।
आमाको गुण चित्रण गरी संसारमा जो कोहीलाई सबै भन्दा धेरै माया गर्ने देवी समानकी आमाको वियोग कस्तो दुखदायी हुन्छ भन्ने भावना यस गीतमा समेटिएको छ ।
यस गीतका गायक, संगीतकार तथा रचनाकार सलिल सुन्दर तुलाधरले यस पूर्व पनि नेपाली संगीत क्षेत्रमा ड्याम ड्याम जस्ता लोकप्रिय गीत दिइसकेका छन् भने नेपाली चलचित्र निजर्लामा भाले मोटर, चोखो मायामा तिमी नै हौ, जस्ता गीतहरुमा स्वर दिइसकेका छन् । यसैगरी नेपाल भाषा संगीतमा पनि छपला एल्बम, मखं त्वाःया काय्मचा आदि लोकप्रिय गीतहरुमा स्वर दिइसकेका छन् ।
उक्त भिडियो हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध