मत्स्य नारायण भगवान र मेलाको संक्षिप्त परिचय
विभिन्न देवदेवीको धार्मिक रुपमा हेर्दा आ–आफ्नै धार्मिक कथा र मान्यताहरु रहेका हुन्छन् । यसै गरि मत्स्य नारायण देवताको पनि आफ्नै धार्मिक कथा रहेका छन् । पौराणिक धर्म अनुसार भगवान विष्णुको पहिलो अवतारको रुपमा मत्स्य अवतारलाइ लिने गर्दछ । कथा अनुसार भगवान विष्णुले प्रतिपादन गरेका चार बेदहरु जस्तैः ऋग्वेद, यजुर्बेद, सामवेद, अथर्वबेद लाई राक्षस राजा हैग्रीवले नष्ट गर्नको लागि बन्दि बनाएर राखेका हुन्छन् । जसको फलस्वरुप संसारमा मानिसहरुमा ज्ञान, बुद्धि र विवेक हराउँदै गइरहेको अवस्थामा भगवान विष्णुले मत्स्य अवतार धारण गरी उक्त हैग्रीव दानवको वध गरि यी ४ वेदलाई रक्षा गरेको कारण पनि मत्स्य अवतारको महिमा छ ।
अर्को भनाई अनुसार सांसारिक श्रृष्टिको प्रादुर्भावको साथै प्रलय पनि हुने गर्दछ । जब जब धर्तीमा धर्म नष्ट हुँदै पापको घंैटो भर्दै जान्छ भगवान विष्णुले एक एक रुप धारण गर्दै यस भू मत्र्य लोक वा धर्ती र सम्पूर्ण श्रृष्टिलाई बचाउने गर्दछ । यसै अनुसार सत्य युगमा एक जना राजा थियो । जसको नाम सत्यब्रत थियो । यस्तै नौलो श्रृष्टिको लागि भगवान विष्णुको अति प्रिय भक्त सत्यब्रतको कथामा आधारित जसमा भगवान विष्णुले मत्स्य अवतार धारण गरेको भन्ने पनि कथन छ । जस अनुसार जब धर्मात्मा राजा सत्यब्रत प्रत्येक दिन नित्य कर्म जस्तै नदीमा स्नान गर्दै गर्दा एक दिन नदीमा स्नान गरेर सूर्य देवलाई जल चढाउने तरखरमा थिए । हातमा एक अंजुली पानी लिएर जल तर्पन गर्नै लागेको बेला हातमा रहेको सानो माछाले ठूलो माछाले त्यसलाई खान्छ र त्यस माछालाई बचाउन आग्रह गरेको कारण राजाले पनि घमण्ड गर्दै तुच्छ माछा सम्झेर माछालाई राजमहलमा जति पनि ठाउँ छ भनि घमण्ड गरेका थिए । त्यसपछि राजा सत्यब्रतले माछालाई आप्mनै कमण्डलुमा राखेर राजदरबारमा लगे ।
भोलिपल्ट विहान राजाले कमण्डलुमा हेर्दा माछा ठूलो भएर कमण्डलुमा नअट्ने भएछ । त्यसपछि राजाले माछालाई कमण्डलु भन्दा ठूलोे सुनको पात्रोमा राखे । रातभरिमा त्यो माछा सुनको पात्रोमा नअट्ने गरी ठूलो भएछ । त्यसपछि ठूलो पात्रोमा राखे पनि माछा ठूलो हुने क्रम बढिरहे । यसैगरी तलाउमा राखे तर पनि बढ्ने क्रम रोकिएन र यसरी समय बित्दै जाँदा अन्तमा समुद्रमा लगेर राखे । समुद्रमा पनि नअट्ने गरी ठूलो भएको देखेर राजा अचम्म हुँदै यो कुनै साधारण माछा होइन भनि थाहा पाइ वास्तविक रुपमा आउनको लागि माछालाई प्रार्थना गरे । त्यसपछि राजा सत्य ब्रतको प्रार्थना सुनेर माछाले भगवान विष्णुको रुप धारण गरि बास्तविक रुप देखाए । त्यस पछि भगवान विष्णुले अबको ७ दिनभित्र तीनै लोकमा महाप्रलय हुन लागेको र त्यसबेला राजा सत्य ब्रतलाई बचाउन ठूलो दुंगा अगाडि आउँछ र त्यसमा औषधि, सप्तऋषि, पशुपंक्षी आदि आपूmलाई आवश्यक परेको सबै वस्तु लिएर चढ्नु भनेका थिए । जब सो दुंगा प्रलयको दौरानमा आप्mनो नियन्त्रण भन्दा बाहिर जान्छ तब भगवान विष्णुले मत्स्य अवतार धारण गरेर राजालाई बचाउने बचन दिएर त्यस स्थानबाट विलिन हुनु भयो ।
राजा सत्य ब्रतले भगवान विष्णुको वचन बमोजिम गर्नको लागि महारानी सहित बाहिर जाने तयारी थाले । सांसारिक प्रलयको अन्तिम घडिमा धर्मात्मा राजा सत्यब्रत , आप्mना गुरुहरुको रुपमा सप्तऋषि र औषधि, अन्य जलचर, थलचर, अभयचर तथा विभिन्न किसिमका पशुपंक्षीलाई बचाएर लाने तयारी समेत गरे । यसै बिच सांसारिक प्रलयको शुरु भयो । राजा सत्यब्रत तथा सबैले बिन्ति गरी भगवान विष्णुको आराधना गर्न थाले । त्यसपछि भगवान विष्णुको भनाई अनुरुप दुंगाको उत्पत्ति भयो र सबै दुंगामा चढ्न थाले । त्यसपछि दुंगा नियन्त्रण भन्दा बाहिर जान थालेपछि बासुकि नागको आराधना गरे पश्चात बासुकि नागको उत्पत्ति भयो र मत्स्य रुपी भगवान विष्णुको उत्पति पनि भयो । त्यसपछि राजा सत्यब्रतले बासुकी नागको टाउकाको भागलाई भगवान विष्णुको मत्स्य रुपको पुच्छरमा बेरे । बासुकी नागको पुच्छरको भागलाई दुंगामा बेरेर प्रलय भएको स्थानबाट तरेर गए । यसै बेला राजा सत्यब्रतलाई भगवान विष्णुले तत्व ज्ञानको पाठ सिकाए । जसलाई अहिलेसम्म पनि मत्स्य पुराणको रुपमा लिने गर्दछ । यस प्रकार नयाँ श्रृष्टिको लागि प्रलयबाट बचेका सबै प्राणीले नयाँ जीवनको शुरुवाट गरेको भन्ने कथन छ ।
नेपालको परिवेशमा प्रत्येक महिना हरेक देवदेवीको स्थानहरुमा मेला लाग्ने गर्दछ । जस अन्तर्गत मत्स्य नारायण मेला पनि एक पर्दछ । यो मेला प्रत्येक ३ बर्षमा एक पटक १ महिनासम्म पूरा लाग्ने गर्दछ । यस महिनाको मेलालाई मलमास वा पुरुषोत्तम महिनाको रुपमा लिने गर्दछ । श्रद्धालु भक्तजनहरु नेपालको मत्स्य नारायण मन्दिर भएको क्षेत्रमा बढि मात्रामा एक महिनाको लागि घुइचो लाग्ने गर्दछ । नेपाल भाषामा यस महिनालाई अनलाको महिना भन्ने गर्दछ । यो शुक्ल पक्षको शुरु देखि कृष्ण पक्षको अन्तसम्म र कृष्ण पक्षको शुरुदेखि शुक्ल पक्षको अन्त सम्म लाग्ने गर्दछ । यस समयमा निरन्तर रुपमा चल्दै आइरहेको चाडपर्वहरु एक महिना पछि धकेलिने गर्दछ । मलमासको बेला एकै महिनामा दुईवटा औंसी पर्न आउँछ । मलमास वा पुरुषोत्तम मेलालाई भगवान विष्णुको महिनाको रुपमा पनि लिने गर्दछ । यस्तो बेला मत्स्य नारायणको स्थानमा गई विष्णुको ३३ नामको जप गरी ३३ वटा मालपुवा, अपुक र घिउ सख्खर दान दिने गर्दछन् । यो बेला विवाह, ब्रतबन्ध पास्नी आदी शुभ कार्यहरुको शुरुवाट गर्नु हुँदैन । मलमासको समयमा गर्भाधान पनि गर्नु हूँदैन र कहिल्यै नगएको नौलो ठाउँमा जानु हँुदैन । यो महिनामा कुनैपनि नौलो काम वा शुभ कार्य गर्न बर्जित गरिएका छन् । यसैगरी नित्य काम, नित्य स्नान, नित्य देव पुजन र गर्दै गरिरहेको ब्रतलाइ पनि निरन्तरता दिन भने सकिन्छ ।








