पत्रकार डंगाेललाई पितृशोक

विगत तिन दशक देखि पत्रकारिता पेशामा निरन्तर कलम चलाउदै आइरहनु भएका पत्रकार हिकमत डंगोललाई पितृशोक परेको छ।
लामाे समयदेखि नेपालसमाचार पत्रमा संवाददाताका रूपमा कार्यरत तथा टाेखा लाइभ डट कमका प्रधान सम्पादक हिकमत डंगोलको पिता हेरालाल डंगोलको हिजाे राति ११ गते ग्राण्डी हस्पिटलमा उपचारका क्रममा निधन भएकाे टाेखा लाइभले जनाएकाे छ ।

टाेखाका अभिभावक, बुद्धिजीवी, त्यागि एवं सालिन जेष्ठ नागरिक हेरालाल डंगोल ७४ वर्षका हुनुहुन्थ्याे । शरीरमा केही असजिलाे भएपछि उपचारका लागि उहाँलाई हस्पिटल लगिएता पनि आकस्मिक रूपमा उहाँकाे निधन भएकाे जानकारी प्राप्त भएकाे छ ।

स्व. डंगाेलका ४ छोरी र १ छोरा छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध