कडा सुरक्षाकाबीच रथ तानियाे
नेपालकै सबैभन्दा लामो रथयात्राका रुपमा प्रख्यात रातोमछिन्द्रनाथ बुंगद्यःको रथयात्रा कडा सुरक्षाका बीच सम्पन्न भएको छ ।
रथयात्राका लागि रथ रहेको क्षेत्रको चारैतर्फबाट निषेधित क्षेत्र घोषणा गरी रथ जात्रासँग सम्बन्धित मानिसहरु मात्र उपस्थित गराएर रथ तानिएको थियो ।
बिहीबार संस्कृतिप्रेमी समूहका नाममा रातो मछिन्द्रनाथको रथ तानिएपछि त्यहाँ विवाद उत्पन्न भएको थियो । समूहले रथ तान्न थालेपछि त्यसलाई रोक्नका लागि प्रहरीले बल प्रयोग गर्दा दर्जनौं घाइते भएका थिए भने त्यस क्रममा संलग्न दुई दर्जन सहभागीहरुलाई महानगरीय प्रहरी प्रभाग ललितपुरले पक्राउ गरेको थियो ।
रथ जात्रा व्यवस्थित रुपमा सञ्चालनका लागि गुठी संस्थानमा जात्रासम्बद्ध गुठीयारहरु बैठकमा बसीरहेको समयमा अनपेक्षितरुपमा रथ तानिएको ललितपुरका मेयर चिरीबाबु महर्जनले प्रतिक्रिया दिनु भयो । उहाँले जात्रामा रथ तान्नु पूर्व गर्नुपर्ने कुनै पनि विधि र प्रक्रिया नपु¥याइ तानिनु जात्राको मूल्य र मान्यताको विपरित भएको पनि बताउनुभयो ।
गुठी, प्रमुख जिल्ला अधिकारी र जात्रासम्बद्ध गुठीहरुको सहमतिका आधारमा आज रथ तानिएको थियो ।
पुल्चोकको सो¥हखुट्टे चोकमा मछिन्द्रनाथ र मीननाथको रथ ल्याइ पुर्याई जात्रा सम्पन्न गरिएको छ ।
अब भोलि भुज्या पुजा गरिने भएको छ भने यसपछि साइत हेरेर सम्भवतः २६ गते रातो मछिन्द्रनाथलाई बुंगमति फिर्ता लगिने भएको छ ।
बिहीवार भएको प्रदर्शनका क्रममा पक्राउ परेका व्यक्तिहरु संस्कृति संरक्षण होस् भन्ने मनसायले अगाडि आएका हुनाले उनीहरुलाई यथाशिघ्र रिहा गर्नका लागि प्रजिअसँग समेत भेट गरेर माग गरिसकेको बताउनु भयो । सम्भवतः यसरी पक्राउ परेकाहरूलाई आजै रिहा गरिने मेयर महर्जनले बताउनु भयाे ।








