बुंगद्यः २९ गते बुंगमति लगिने

काेभिड–१९ संक्रमणका कारण प्रभावित बनेकाे बुंगद्यः (राताेमछिन्द्रनाथ)काे रथ यात्रा समापन गर्दै यही भाद्र २९ गते बुंगमति लगिने भएकाे छ ।

आज ललितपुरकाे मंगलबजारस्थित साइतपाटीमा करूणामय रथ जात्रासँग सम्बन्धित ज्याेतिषहरूकाे समूहले साइत हेरेपछि पश्चिम गमनकाे साइत २९ गतेका लागि निकालिएकाे जात्रासम्बद्ध बाराही गुठीका नाइके दिलकुमार बाराहीले जानकारी दिनु भएकाे छ ।

करूणामयकाे रथयात्राका क्रममा रथाराेहण, करूणामयकाे देवाली र भाेटाेजात्राका लागि साइत हेर्ने परम्परा रहेकाे छ ।

यसअघि हिजाे बुंगद्यः (राताेमछिन्द्रनाथ)काे रथ साेर्हखुट्टेपाटीसम्म तानिएकाे थियाे ।

आज भुज्या पुजा हुँदैछ । बुंगद्यःकाे रथ यात्राका क्रममा प्रमुख याः न्यायेके (यात्रा सम्पन्न गरिने) ठाउँकाे पूजा आजै गरिने भएकाे छ । यस क्रममा गाःबहाः, वछुत्वाः, लगंख्यः र जावलाख्यः याःसम्बद्ध पूजा गरिने भएकाे छ ।

साइतपाटीमा रहेकाे आसन

(तस्वीरहरू ः दिलकुमार बाराहीकाे फेशबुक पेजबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध