ललितपुरमा बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू
कोभिड-१९ महामारीको कारणले उत्पन्न विषम परिस्थितिमा धार्मिक सांस्कृतिक विश्वासमा खलल पुर्याई शान्ति सुरक्षा भंग गर्ने प्रयास गरेकोे भन्दै आज बिहान ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले कर्फ्युको समयमा अटेर गरि घरबाट बाहिर निस्कनेलाई सुरक्षाकर्मीले गोली समेत हान्न सक्ने भएकोले घरबाट बाहिर नआउन आग्रह गरेको छ ।
कर्फ्यु बल्खुदेखि मनहरा पुलसम्म चक्रपथ भित्र पर्ने क्षेत्रमा लागू गरिएको छ ।
यसैबीच हिजाे रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा निम्न व्यक्तिहरूलाई पक्राउ गरिएकाे जानकारी प्राप्त भएकाे छ ः
१) लपु मनपा वडा १६ गावाहाल, बर्ष ४० को महेश बज्राचार्य,
२) ऐ वडा ११ बंगलामुखी, बर्ष ३९को पृथ बिन्दु महर्जन,
३) ऐ वडा २१ बस्ने बर्ष ३८ को अशोज कुमार महर्जन,
४) ऐ वडा ६ बस्ने बर्ष ३६ को रवि शाक्य,
५) ऐ वडा १६ बस्ने बर्ष ४० को रविन शाक्य,
६) महालक्ष्मी नपा वडा १ इमाडोल बस्ने बर्ष ४३ को सुविन शाक्य,
७) ऐ इमाडोल को ध्रुवराज बज्राचार्य, बर्ष ४७
८) भक्तपुर ठिमी-८, बर्ष ३२ को श्याम श्रेष्ठ र
९) का. जि. कामनपा वडा १६ बस्ने बर्ष ४०को यादवलाल कायस्थ








