बामदेव राष्ट्रियसभा सदस्य बन्ने

नेकपाको सचिवालय बैठकबाट उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्य बनाउने निर्णय भएको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई पार्टी निर्णयअनुरूप राष्ट्रिय सभाको सदस्यमा सिफारिस गर्ने जानकारी गराएका छन् ।
बैठक अघि अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रियसभामा लैजाने कि गौतमलाई भन्नेमा पार्टीभित्र अन्योलता देखिएको थियो ।
गत फागुन १४ गतेको नेकपा सचिवालय बैठकले पनि उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न पार्टीको तर्फबाट निर्णय गरेको थियो । सोही महिनाको २० गते खतिवडाको रष्ट्रियसभाको कार्यकाल सकिने भएपछि उनको ठाउँमा गौतमलाई पठाउने गरी सचिवालयले निर्णय गरेको थियो । यस्तै कार्यदलको प्रतिवेदनबारे पनि बैठकमा छलफल भइ ठोस कार्ययोजना बनाई सचिवालय र स्थायी कमिटीमा प्रस्ताव प्रस्तुत गरिने निर्णय भएको छ ।
बामदेव गौतमले सामाजिक संजाल मार्फत केहि समय अघि नेकपा सचिवालय वैठकले ६ महिना अगाडि गरेको निर्णय कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । बामदेवकै कारण लामो समय देखि नेकपा विवाद समाधान तर्फ गएका कारण पनि प्रधानमन्त्री के.पी शर्मा ओली उनलाई राष्ट्रिय सभामा लैजान दवावमा परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध