राताे मछिन्द्रनाथ रथ तानियाे, प्रहरी र जात्रामा सहभागीबीच झडप

देशकै सबैभन्दा लामाे जात्राका रूपमा परिचित राताे मछिन्द्रनाथकाे रथ जात्रासँग सम्बन्धित गुठीयारहरूलाई कुनै जानकारी नै नदिइ आज तानिएकाे छ ।

संस्कृतिप्रेमी समूहका नाममा यसरी रथ तानिएपछि प्रहरी र जात्रामा सहभागीहरूका बीच केही समय झडप समेत भएकाे छ ।

रथ तानिएकाे सम्बन्धमा ललितपुरका मेयर चिरीबाबु महर्जनलाई सम्पर्क गर्दा गत १० गते राताेमछिन्द्रनाथकाे रथ यात्राका सम्बन्धमा गुठी संस्थानमा जात्रासँग सम्बन्धित गुठीका गुथियारहरू, ललितपुर महानगर क्षेत्रका २ जना सांसदहरू लगायतकाे संलग्नतामा बैठक भएकाे जानकारी दिनु भयाे ।

उहाँले साे भेलाले यस्ताे विषम परिस्थितिमा जात्रालाई कसरी अगाडी बढाउने भन्ने सम्बन्धमा गुठी संस्थानकाे विद्वत् समूहसँग सल्लाह गरेर निष्कर्ष निकाल्ने निर्णय भएकाे बताउनु भयाे ।

उपत्यकामा काेराेना संक्रमण बढेसँगै हिजाे मात्र आफूले स्वाब परीक्षणका लागि नमूना दिएकाे र अहिले हाेम आइसाेलेशनमा रहेकाे हुनाले आज गुठी संस्थानमा भएकाे बैठकमा आफू उपस्थित हुन नसकेकाे बताउनु भयाे ।

यस्तै राताेमछिन्द्रनाथकाे रथ जात्राका लागि हःपाः (नेतृत्व गर्ने) दिने पालाे काय्गूननिकाे रहेकाे र त्यहाँ काेराेना संक्रमितहरू बढीरहेकाे बताउनुहुँदै उहाँले केही समय अगाडि मात्र त्यहाँका ४६ जनाकाे स्वाब परीक्षण गरिएकाे जानकारी पनि दिनु भयाे ।

बाराही गुठीका नाइके दिल कुमार बाराही

यसैगरी जात्रासँग सम्बन्धित बाराही गुठीका नाइके दिल कुमार बाराहीले पनि रथ तानिएकाे विषयमा आफूहरूलाई कुनै जानकारी नभएकाे बताउनु भयाे । उहाँले आफूहरू गुठी संस्थानकाे बैठकमा आएकाे र त्यहाँकाे निर्णयपछि प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्न भनिएकाेले प्रजिअ भेट्नका लागि कुरी रहेकाे बताउनु भयाे ।

नेपाल जात्रा–पर्व संस्कृतिमा धनी देश हाे । नेपालीहरूमा जात्रा पर्व र संस्कृतिप्रति माेह पनि छ । तर विषम परिस्थितिमा सुरक्षात्मक उपायहरू अवलम्वन गरेर जात्रापर्व मनाउनु उचित हुने थियाे ।

राताेमछिन्द्रनाथकाे रथ तानिन थालिएपछि त्यहाँ रहेकाे बिजुली र अन्य तारहरू काट्न सुरू गरिएकाे थियाे ।

मानिसहरूकाे हूल बढ्न थालेपछि त्यहाँ प्रहरीकाे दंगा नियन्त्रण टाेली पानीकाे ट्यांकीसहित पुल्चाेक पुगेकाे थियाे omg

जात्रामा सहभागीहरूले प्रहरीलाई सहयाेगकाे अपिल गर्दै ट्यांकी फिर्ता लान आग्रह गरेका थिए । तर भीडभाड बढ्न थालेपछि प्रहरीले बल प्रयाेग गरेकाे थियाे । प्रहरीले पानीकाे फाेहाेरा प्रयाेग गर्दै जात्रामा सहभागीहरूलाई तितरबितर पार्ने प्रयास गरेका थिए । यसपछि भीड आक्राेशित भइ ढुंगामुढा गर्न थालेका थिए ।

ढुंगामुढाका क्रममा नेपाल प्रहरीले ७० सेल भन्दा बढी अश्रुग्याँस प्रहार गरेकाे थियाे ।

पछिल्लाे अपडेट अनुसार झडपका क्रममा दर्जनाैं प्रहरी तथा सहभागीहरू घाइते भएका छन् । यस क्रममा फाेटाे पत्रकारहरू प्रकाश माथेमा, निरञ्जन श्रेष्ठ, सुनिता डंगाेल, सुलभ श्रेष्ठ लगायतका पत्रकारहरू घाइते भएका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध