मेयर शाक्य हाेम आइसोलेसनमा

काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्य कोरोना पोजेटिभ देखिए पछि हाेम आइसोलेसनमा बस्नु भएकाे छ ।

उहाँले भदाै १४ गते स्वाब दिनुभएको थियो । भाद्र १५ गते आएको रिपोर्टमा उहाँलाई पोजेटिभ देखिएको हो ।

अहिले उहाँ वडा २१ लगतटोलमा रहेको निजी निवासमा आइसोलेसनमा हुनुहुन्छ । उहाँमा कोरोनाका लक्षण भने देखिएका छैनन् । उहाँसँगै स्वाब दिनुभएकी उहाँकी धर्मपत्नी सुचिता शाक्यको भने नतिजा नेगेटिभ आएको छ ।

उहाँले आफ्नो नियमित र प्रत्यक्ष सम्पर्क रहेका र लक्षण देखिएका व्यक्तिलाई परीक्षण गराउन आग्रह गर्नुभएको छ । आजै राष्ट्रिय सभा गृहमा रहेका कर्मचारीहरुको स्वाब संकलन गरिसकिएको छ ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयले दिएकाे जानकारी अनुसार साेमवारसम्म काेभिड–१९ संक्रमितकाे संख्या ३९ हजार ४ सय ६० रहेकाे छ । जसमध्ये अहिले १७ हजार ८ सय २२ जना उपचाररत हुनुहुन्छ भने २१ हजार ४ सय १० जना निकाे भइसकेका छन् । काेभिडका कारण अहिलेसम्म २ सय २८ जनाले ज्यान गुमाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध