नेता देवकाेटालाई पितृशाेक

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटालाई पितृ शोक परेको छ ।

गण्डकी प्रदेश, कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका लुम्लेमा रहँदै आउनु भएका देवकाेटाका पिता १०३ वर्षीय देवी प्रसाद देवकोटाको बुधबार बिहान ४:२० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

दुई छोरी र ३ छोराहरु शोभराज देवकोटा(कृषि वैज्ञानिक), खिमलाल देवकोटा(नेपालको वर्तमान संविधानको मस्यौदाकार मध्येका एक) र शिवभक्त देवकोटा( शिक्षक) का पिता देवीप्रसाद लुम्लेमा अग्रणी सामाजिक व्यक्तित्वका रुपमा स्थापित थिए ।

बर्तमान परिस्थतिका बाबजुद पनि स्व. देवकोटाप्रति श्रद्धाञ्जली दिन र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नेहरुको संख्या उल्लेख्य रहेको पारिवारिक स्रोतले बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध