हितकरको कोरोना गीत यूट्युबमा

समाजसेवी एवम् शिक्षासेवी हितकर वीरसिंह कंसाकारको रचना रहेको कोरोना गीत सार्वजनिक गरिएको छ ।
कंसाकारले रचना गर्नुभएको मानवीय भावनाले भरिपूर्ण कोरोना गीत नेपालभाषाका साथसाथै खस नेपाली भाषामा पनि ख्यातिप्राप्त वरिष्ठ गायक जुजुकाजि रञ्जितलेआफ्नै संगीतमा गाउनु भएको छ ।
गीतको संगीत संयोजन जीवित जल्मीले गर्नुभएको छ ।
शनिवार यूट्यूबमार्फत् सार्वजनिक गरिएको गीतको भिडियो सम्पादन रेगन रंजितले गरेका छन् ।
गीतमा कोरोनाको भयावह अवस्था, यसको उत्पत्ति, यसबाट बच्ने उपायको व्याख्या गरिएको छ । यसका साथै कोरोना महामारीलाई विश्वयुद्धसँग तुलना गर्दै विश्वयुद्धमा जत्तिकै मानिसले मृत्युवरणलाई कारुणिक रुपमा प्रस्तुत गरिएको छ ।
नेपालभाषामा लेखिएको गीतको म्यूजिक भिडियोमा कोरोनासँग सम्बन्धित विविध चित्र तथा फोटोहरुको संयोजन गरेर कोरोना सम्बन्धी जनचेतना जगाउने किसिमले निर्माण गरिएको छ । भिडियोको अन्त्यमा कोरोनाबाट सुरक्षित रहन आह्वान गरिएको छ ।
गीत रेकर्डिङ्ग तथा भिडियो निर्माणमा पवित्र कसाः र राजेन्द्र रंजितको विशेष सहयोग रहेको थियो ।

गीत हेर्न यहाँ क्लिक गर्नुहाेला ।

  • नेवाः सूचना केन्द्र
    काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध