जापानको ट्राफिक नियम

चन्द्रमान महर्जन

चन्द्रमान महर्जन

 

हामी हाम्रो देशमा सधैं ट्राफिक–जाम, गाडीको हर्नको आवाजबाट दिक्क हुन्छौं । यो सबै आफूले ट्राफिक नियमको पालना नगर्नुको फल हो भन्दा फरक पर्दैन । त्यसैले आज ट्राफिक नियम एकदम पालना गर्ने देश जापानको बारेमा सानो चर्चा गर्दैछु ।
यो देशमा सबैभन्दा पहिला ट्राफिक बत्ती, ओभरटेक गर्दा पालना गर्नुपर्ने नियम सबै सवारी चालकले पालना गर्ने गर्दछ । यो साइकल चालकदेखि हेवी सवारी चालक सबैले समान रुपले पालना गर्दछ । बाटोमा हाम्रो देशमा जस्तो ट्राफिक प्रहरी बस्नु पर्दैन, सबै काम सिसिटिभीले निगरानी गर्दछ । यदि कसैले नियम उल्लंघन गरेमा मात्र ट्राफिक प्रहरी या प्रहरी पुग्छ ।

त्यस्तै ओभरटेक गर्दा ट्राफिक लाइन सेतो धर्का छ भने मात्र गर्न मिल्छ, यदि सुन्तला कलरको छ भने गर्न मिल्दैन । यो नियम सबैले पालना गर्छ । सवारीचालक सबै आफ्नो लाइन भन्दा बाहिर जाँदैन किनकी विपरित दिशाबाट आउने सवारि साधनलाई बाटो दिनुपर्दछ ।
ट्राफिक बत्ती पालना सम्बन्धमा पनि रातोमा रोक्ने र हरियोमा मात्र जाने, यो मान्छेले पनि पालना गर्दछ । यदि सवारी चालकले मान्छे छैन भनेर जाने गर्दैन, त्यतै पैदलयात्रीले पनि गाडी आएको छैन भनेर बाटो क्रस गरेर जादैन जबसम्म हरियो बत्ती बल्दैन । यहाँ बाटो काट्ने पहिलो प्राथमिकता पैदलयात्रुलाई हुन्छ । ट्राफिक बत्ती नभएको स्थानमा जेब्रा क्रसिङबाट बाटो क्रस गर्छन् । यहाँ सवारी चालकले तीनवटा शब्दको एकदम पालना गर्दछ ः
पर्खने,
रोक्ने र
पालो  दिने
भन्नाले पहिला अर्को सवारि साधनलाई पालो दिने, पर्खने र रोकिदिने । आफूमात्र पहिले जान्छु भन्ने भावना हटाउने अनि ट्राफिक नियम आफ्नो लागि बनाइएको भनेर मनमा  राख्ने गर्दछ ।
यहाँ गाडी दुर्घटना भएमा सबै चालक भाग्दैन, दुवैतर्फको  बरु प्रहरीलाई तत्काल खबर गर्दछ, प्रहरी पनि तुरुन्तै घटनास्थल आइपुग्छ ।  अनुसन्धान गर्न र दोषीलाई कारवाही र क्षतिपुर्ती भराइ दिन्छ । यहाँ प्रायः सबै सवारी साधनमा मचष्खभ चभअयचमभच जडान गरिएको हुन्छ (निजीका केही प्रतिशत बाहेक) ।  गल्ती कस्ले गरेको हो ? त्यसको बारेमा झगडा नै गर्नु पर्दैन त्यसैले  दोषीले  अर्को पक्षलाई उनको गाडी नबनेसम्म  गाडी  उपलब्ध  गराइ दिनु पर्छ ।
गाडीको   हर्न पनि खासै  बजाउँदैन जस्तै ठूलो ट्राफिक–जाम किन नहोस् । यहाँ आफ्नो गाडीलाई  पहिला बाटो दियो अथवा ओभरटेक गर्न मद्दत गर्यो भने आफूले  झभचनभलअथ  ष्निजत लाई द्द(द्ध कभअयलम बाली दिने प्रचलन छ । यहाँ ट्राफिक बत्ती नभएको चौबाटोमा पहिला कताबाट आउनेलाई प्रथमिकता भन्ने सम्बन्धमा बाटोमा लेखिएको को हुन्छ । प्राथमिकता भएको बाटोमा केही पनि लेखेको हुँदैन भने अर्कोतर्फ बात आउनेलाई रोक्नु भनेर लेखिएको हुन्छ ।
(लेखक वरिष्ठ फोटो पत्रकार हुनुहुन्छ । हाल उहाँ जापानमा बसोबास गर्नुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध