समाजसेवी मनो रञ्जन सम्झिए
मेरो संवाददाता
काठमाडौं
मघैया (धोबी) समाज नेपालका अग्रज मनो रञ्जन (गोविन्दमान धोबी)को निधन भएको १३ औं दिनको पुण्यतिथिमा मघैया समाज नेपालले उनको गुणस्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।
२००४ सालमा दरवार हाइ स्कूलबाट एसएलसी उत्तिर्ण गर्नुभएका रञ्जनले पटना विश्व विद्यालयबाट बी.ए.सम्म अध्ययन गर्नु भएको थियो ।
२०१४ सालदेखि नेपाल राष्ट्र बैंकमा सेवामा प्रवेश गरेका रञ्जन नेपाली राष्ट्रिय ध्वजा बाहक शाही नेपाल वायुसेवा निगममा २०१५ देखि ४३ सालसम्म वित्त निर्देशकका रुपमा कार्य गरी नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन विशेष योगदान दिनुभएको थियो ।
यसका साथै उहाँकै पहलमा रजकहरुको शैक्षिक उन्नयनका लागि रजक छात्रवृत्ति गुठी स्थापना गर्नु भएको थियो भने विभिन्न सामाजिक संघ संस्थामा समेत संलग्न भइ समाजसेवामा अग्रसर हुनुहुन्थ्यो ।
समाजको विकासका लागि सदैव अग्रसर स्व. मनो रञ्जन (गोविन्दमान धोबी)को यही श्रावण १८ गते स्वर्गारोहण भएको थियो ।
वि.संं. १९८६ भाद्र २१ गते जन्मनु भएका उहाँकी श्रीमती, एक छोरा र एक छोरी छन् ।
समाजका अध्यक्ष बासुदेव मघैयाको अध्यक्षतामा भएको कार्यक्रम भुरुङखेल चौरमा शुक्रवार सम्पन्न भएको थियो ।
[metaslider id=450]








