म कति दिन भोकै वस्ने सरकार
कालु आज विहान उठेर जाउँ कि नजाउँ गदैै कामको खोजीमो बाहिर निस्क्यो । थाहा छ उसलाई आज लकडाउन छ काम मिल्न गाह«ो हुन्छ । तैपनि आफ्ना दई लालाबाला अनि श्रिमतिको त्यो मलिनो अनुसार उसले हेर्ने सकेन र कामको खोजीमा हिड्न थाल्यो ।
उसले परैबाट एउटा पसल खोलेको देख्यो अनि पसल भित्र छिर्यो । उसलाई देख्ने वित्तिकै मान्छेहरु पर पर जान लाग्यो । उ अचम्ममा परे । लाग्यो सवैको लागि उ नै कोरना हो । त्यसैले उ बाट सवै जना पर भाग्दैछ । यतिकैमा साहुजीले बोल्यो । किन आएको के भयो ? उसले विन्ति गर्दे साहुजि म र मेरा परिवारले हिजो देखि केहि खान पाएको छैन । केहि काम भए दिनुस न । के काम दिने तिमीलाइ सामान ल्याउन नसकेर हामी पनि यत्तिकै छौ । अनि तिमिले किन मास्क नलगाएको । यो शव्द सुनेर कालु झसंग भए । आफ्नो मुख छाम्यो हो रहेछ । मनमा कुरा खेलेकोले आज मास्क लाउन विर्सेछु । धन्य आज पुलिसले देखेने हैन भने पैसा नभएको बेला सय रुपैया माग्यो भने के गर्ने । उ सोच मग्न भयो । यत्तिकैमा साहुजिको स्वर सुन्यो । हेर भाई काम त तिमिलाई दिन सक्दिन तर आजको लाइ गर्जो तार्न यो सामान लिएर जाउँ अनि यो मास्क पनि । आज देखि कडा छ सवै ठाउँमा । कालु सामान लिइ विस्तारै डेरामा गयो । उसको हातमा केहि देखेर श्रिमति नजिक आइन र हातको सामानलिई भान्छा तिर लाग्यो । यतिकैमा घरबेटि बा आउनु भयो । खै घरभाडा दिने भनेको होइन । आजभोलि भन्दा भन्दै तिन महिना भइसक्यो के गर्ने हाम्रो पनि यहि पैसाले घर चल्छ । ल पैसा दिने भए तिनमहिनाको तिरेर बस । हैन भने पैसा पनि चाहिदैन । ल कोठा खालि गर्नु पर्यो । दैवले पनि गरिवलाई नै सताउने रहेछ । उसलाई पर्नु पर्यो । खानलाउन पैसा नभएर हम्मे हम्मे भएको वेला । कहाँबाट पैसा लिएर घर भाडा तिर्ने । यहि कुरा खेलाई उ फेरि बाहिर गयौ । टाढा बाट भिड देखेपछि केहि काम पाउने आशा जाग्यो । तर त्यो केहि क्षणमै निरासामा परिनत भयो । पुलिसले माइकिङ्ग गर्दै थियो । यहाँको केहि व्यापारीमा कोरोना देखेकोले यो क्षत्र १५ दिनको लागि सिल गरिदै छ । कोहि कसैले अटेर गरी पसल खोल्यो वा खोल्न लगायो भने कानुन वमोजिम कारवाहि हुनेछ ।
उसको आत्मा भित्रबाट मर्यो । लामो सुस्केरा हालेर उ त्यहि थच्चक बस्यो । अब के गर्ने कहाँ जाने । घर सम्झयो मुटु काम्यो । अब म मेरो परिवार कसरी चलाउने । हे भगवान कोरना पनि किन अरुलाई लागेको बरु मेरो परिवारलाई नै लागेर निलेको भए हुन्थ्यो नि । उ छाती पिति पिति रुन थाल्यो । एकाएक उसमा कहाँबाट जागर थाहा भएन । उ सरासर वडा कार्यालयको अगाडि पुग्यो । उसले सक्दो ठूलो स्वरमा करायो । ए सरकार म कति दिन भोकै वस्ने कित मलाई काम देउ हैन भने मेरो परिवारलाई मारिदेउ । कति दिन बस्ने भोक भोकै मलाई न्याय देउ मलाई न्याय देउ ।
उ त्यहि मुर्छा पर्यो । सवै जना उसकहाँ पुग । तर उसलाई छुने कसैमा आँट आएन । किनकि भर्खरै माइकिङ्ग गर्दै गएको थियो । कोरनाको संक्रमण बढेको कारण सवै जनाले सावधानि पूर्वक कसैलाई नछुन । सवै त्यहाबाट एकपछि अर्को गर्दे आ आफ्नो गन्तव्यतिर लागे तर उ भने त्यहि परिरह्यो परिरह्यो ।








