काठमाडाैं सीडीअाेले जारी गरे यस्ताे उर्दी
मेराे संवाददाता
काठमाडाैं
विश्वभर फैलिरहेकाे काेराेना माहामारी नियन्त्रणका लागि भन्दै काठमाडाैंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले १० बुँदे अादेश जारी गरेकाे छ ।
प्रजिअ दाहालले अाज राति १२ बजेदेखि भाद्र १५ गते राती १२ बजेसम्मका लागि भन्दै जारी गरिएकाे अादेशमा खुल्ला स्थानमा मानिसहरू भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न निषेधित गरिएकाे जनाएकाे छ ।
स्थानीय प्रशासन एेन २०२८ काे अधिनमा रही जारी गरिएकाे निषेधाज्ञामा अगाडि भनिएकाे छ ः
- भीडभाड हुने गतिविधि जस्त्रै जात्रा महाेत्सव संचालन गर्न
- दैनिक हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक गतिविधिहरू
- उद्याेग, ब्यापार/व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलापहरू
- चाडपर्व लगायतका धार्मिक सांस्कृतिक कार्य गर्नका लागि हुने जमघटहरू
- शैक्षिक संस्थाहरू संचालन गर्न
- सबै प्रकारका सभा, गाेष्ठी,तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनाेरञ्जन स्थल, शैलुन, ब्यूटी पार्लर, स्पा, स्वीमिङ पूल, जिमखाना समूहमा खेलिने खेलकूद र खेल प्रस्तुति, पुस्तकालय, संग्रहालय, चिडियाखाना संचालन गर्न
- फुटपाथ, खुल्ला ठाउँ र ठेला गाडा/साइकलमा संचालन हुने विभिन्न व्यवसाय, कवाडी संकलन गर्न
- उद्याेग व्यवसाय संचालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिक/कामदारकाे अाेसारपसार गर्न
- टेक वे बाहेक हाेटल/रेष्टुराँ संचालन गर्न ।








