दक्षिणकाली नगरपालिकामा भाेलिदेखि लकडाउन

मेराे संवाददाता

काठमाडाैं

काेभिड–१९ काे कारण देखाउँदै दक्षिणकाली नगरपालिकामा भाेलि बिहान १ बजेदेखि भाद्र ८ गतेसम्मका लागि लकडाउन घाेषणा गरेकाे छ ।

दक्षिणकाली नगरपालिकाका मेयर माेहन बस्नेतकाे अध्यक्षतामा अाज बसेकाे नगरकार्यपालिकाकाे बैठकले यस्ताे निर्णय गरिएकाे हाे ।

दक्षिणकाली नगरपालिकाका सूचना अधिकारी दिपक कुमार केसीले जारी गरेकाे सूचनामा काेराेना संक्रमणकाे प्रकाेप दिनानुदिन बढी रहेकाे पाइएकाेले अति अावश्यक दैनिक उपभाेग्य सामग्री विक्री वितरण गर्ने पसलहरू मात्र बिहान ९ बजेसम्म ताेकिएकाे मापदण्डहरू पूर्णरूपले पालना गर्ने गराउने व्यवस्था मिलाइ सञ्चालन  गर्न पाउने भनिएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध