नेपालभाषा टाइम्सकाे सम्पादकमा तेजनारायण महर्जन
नेपालभाषाकाे एक मात्र दैनिक पत्रिका नेपालभाषा टाइम्सकाे सम्पादकमा तेज नारायण महर्जन नियुक्त हुनुभएकाे छ ।
नेपालभाषा टाइम्सका सम्पादक सुरेश किरण मानन्धर भाषा अायाेगकाे सदस्यमा मनाेनित हुनुभएपछि महर्जन सम्पादकका रूपमा नियुक्त हुनुभएकाे हाे ।
नवनियुक्त सम्पादक महर्जन लामाे समयदेखि नेपालभाषा टाइम्समा अावद्ध रही क्रियाशील पत्रकारिता गर्दै अाउनु भएकाे थियाे । सम्पादक महर्जन नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय सहकाेषाध्यक्ष हुनुहुन्छ ।








