समाज र महिला पत्रकारका चुनौति

समाजमा महिलाको परिचय भनेकै एक नारीले परिवारलाई माया र संस्कारबाट स्वर्ग झैं पारिएको घर र रिस राग द्वोषबाट परिवारका प्रत्येक सदस्यलाई एक अर्काको मुख नै हेर्न नपर्ने गरि छुट्टयाएकोले गर्नको बास गराउनेसम्मको छवि दिने गरिन्छ । परिवारमा महिला शिक्षित भयो भने घरै उज्यालो हुने जनजीवनमा भनाई नै छ । नेतृत्व गर्ने नारीहरुलाई सवभन्दा पहिलो चुनौति भनेको नै परिवार हो । परिवारबाट बाहिर निस्केपछि अझ पाइलै पिच्छे चुनौति थपिन आउनु स्वभाविक हो । त्यहि चुनौतिलाई आत्मासाथ गर्दै अघि बढ्ने महिला गन्तव्य पुग्छ । आलोचनाबाट डराई भाग्ने महिला पाइलै पिच्छै समस्यामा पर्न सकिन्छ । महिलाहरुलाई हरेक क्षेत्रमा चुनौतिको सामना गर्नुपर्छ । चुनौति सित लड्न सक्ने नारीले नै सफलता हात पार्छ । हुनत अहिलेको समयमा सफलताले भन्दा नातावाद कृपावादले ठाउँ लिइरहेको अवस्था छ । भन्ने बेलामा हाम्रालाई हैन राम्रालाई भने पनि ब्यवहारमा भने राम्रालाई हैन हाम्रा भन्ने यथार्थ पाइन्छ । पत्रकारिता आफैमा एक चुनौतिको विषय हो । नारी र पुरुष दुवैलाई चुनौति भएपनि नारीलाई नारी भएकै कारण थप चुनौति रहेको छ ।
नेपालको इतिहासमा महिलालाई पढाईबाट बन्चित भएका नारीहरुलाई पढ्न पाउने अधिकारमा वि.सं २००४ सालमा स्थापना भएको महिला संघ नेपालका अध्यक्ष मंगलादेवीको ठुलो योगदान रहेको छ । उहाँले राणाहरुले महिलाको लागि के गर्न सक्छौं भनी सोधिएकोमा हामीले पढ्न पाउनु पर्छ भनि दिएको उत्तरले महिलाले पढ्न पाउने अधिकार पाएको वर्ष मानिन्छ । त्यस्तै गरि नेपालको राजनीतिमा महिलाहरुलाई भोट दिन पाउने अधिकार पनि २०१० सालमा महिलाहरुकै आन्दोलनबाट पाएको हो । राजनीतिमा मात्र होइन महिलाले आफ्नो स्थान बनाउन हरेक ठाउँबाट संघर्ष गरेको छ ।
नेपालको पत्रकारिताको इतिहासमा नेपालमा वि.सं. १९५५ मा सुधासागर साहित्यिक पत्रिकाबाट शुरु भएको कुरा उल्लेख गरिएता पनि पत्रकारितामा महिला नेतृत्वको कुरा गर्नु पर्दा विसं २००८ सालमा साधना प्रधान र कामाक्ष कामादेवीको सम्पादकत्वमा निकालिएको महिला मासिक पत्रिकालाई मान्ने गरेको छ । यस महिला पत्रिकाबाट अरु महिला पत्रकार जन्मिएको कुरा पनि नकार्न सकिदैन । त्यसपछि विस्तारै रेडियो, टेलिभिजन, छापा माध्यममा संलग्न महिला पत्रकारहरू संस्था २०५२ मा ‘संचारिका समूह’ को स्थापना भएको देखिन्छ । महिला हकअधिकार तथा महिलाका विविध मुद्दामा प्राथमिकताका साथ कलम चलाउन ‘अस्मिता’ पत्रिकाको पनि उदय भएको देखिन्छ ।
विभिन्न चुनौतिको वावजुत पनि महिला पत्रकारहरु उडाउँदै आएको र हराउँदै गएको पाइन्छ । नेपाल पत्रकार महासंघको तथ्यांकअनुसार नेपालको करिब १३ हजार ७७ पत्रकारमध्ये महिलाको संख्या मात्र दुई हजार चार सय आठ रहेको पाइन्छ । जून मात्र १८.४१ प्रतिशत हुनआउँछ ।
महिला पत्रकारको संख्या बृद्धि गर्ने हो भने पत्रकारिता क्षेत्रमा महिलालाई केन्द्रित गरि श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा ल्याउनुपर्छ पत्रकारितालाई राजनीतिक प्रभावबाट मुक्त बनाइ महिलामैत्री वातावरण सिर्जना हरेक ठाउँमा हुनुपर्छ ।
आजभोलि महिला पत्रकार हेर्ने हो भने टेलिभिजन, रेडियो, एफ एम, पत्रिका र अनलाईको कुरा गर्ने हो भने रेडियो, एफएम र अनलाईनमा बढि आकर्षण भएको पाइन्छ । एक त आफ्नै कोठाबाट गर्न सकिने अर्को आफुलाई सुविधा भएको समयमा रिकर्डिङ्ग गरि बजाउने मिल्ने भएकोले महिला बढि मात्रामा त्यहाँ अल्झिरहेको देखिन्छ । फिल्डमा गइ काम गर्दा जुन आत्मा सन्तुष्टि हुने हो जोखिमका कारण महिलाहरुले पाइला पछाडि सार्ने गरेको पाइन्छ । सुन्दर अनुहार परेकोले मात्र पर्दामा आउन सक्ने मानसिकताले क्षमता भएर पनि महिलाहरु केन्द्रित हुन सकिरहेको अवस्था छैन । अर्को समाज ऐना भनेको श्रव्यदृष्य पनि हो जुन माध्यममा हाँस्यव्यङ्गको आडमा टिआरपि बढाउन महिलालाई विभिन्न माध्यम बनाएर समाजका बिकृतिको रुपमा देखाउँदै आएको छ । यसबाट महिलालाई पर्न जाने असरलाई कसरी लिने ?
पत्रकारिता क्षेत्रमा आफुलाई चाहिने तथ्य संकलन गर्न सुविधा युक्त समय भनेको हुँदैन । पत्रकारिता क्षेत्रमा लाग्ने मानिस २४ घण्टा ड्युटिमा खटिनु पर्ने हुन्छ, जुन महिलाको लागि सहज हुँदैन । कहिले काहिँ त समाचार संकलन गर्दा रात विरात पनि पर्ने गरिन्छ । महिलामाथि यौन दुव्र्यहार वा बलात्कारको शिकार पुरुष प्रधानसमाजको एक विकृत रुप हो । महिला पत्रकारहरु पनि यस विकृतिको मारमा परेका छन् । त्यसमाथि पनि घर परिवारले समेत कुन्था, शंका र हेयको दृष्टिले हेर्ने, छरछिमेकिले पनि इज्जतको कुरा ल्याइ मानसिक तनाव दिने जस्ता व्यवहारले महिलाहरु ग्रस्त भइरहेको अवस्था छ ।
प्रशासनिक समाचार संकलन वा कुनै आन्दोलनको समाचार तथ्यसत्य प्रस्तुत गर्दा वा राजनीतिक व्यक्तिको करतुतको कुरा खोतल्दा ज्यान मार्ने धम्की मात्र नभई परिवारलाई समेत असर पर्ने गालि गलौज वा मानसिक तनावको पनि सामाना गर्नु पर्ने अवस्था हुन्छ ।
हामी पुरुष प्रधान समाजको कुरा गरिरहँदा महिलाहरु हात्तेमालो गरि अगाडि बढ्नु पर्ने अवस्था छ । तर एक महिलाले आफु अगाडि बढ्न अरु महिलालाई हत्तोसाहित गर्ने प्रवृत्ति छ । एक महिलाको अवस्थामा अर्को महिलाले साथ र सहयोग दिनु अति आवश्यक छ । एक महिलालाई आपत परेको बेला सबै महिला एकजुट भइ आवाज बन्नु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध