टिष्टुङ्ग रिसोर्ट ः पर्यटनको सम्भाव्यता बोकेको ठाउँ

नेपाल प्रकृतिले भरिएको देश हो । विश्वमा नेपाललाई खुल्ला म्यूजियमको रुपमा लिने गरिन्छ । यस्तै सौन्दर्यले भरिएको टिष्टुङ्ग पनि एउटा महत्वपूर्ण ठाउँ हो । काठमाडौंबाट नजिकै रहेको टिष्टुङ्ग पुग्नको लागि धेरै वैकल्पिक मार्गहरु छन् । यसमध्ये सबभन्दा कम समय भने आजभोलि चन्द्रागिरीबाट चित्लाङ्ग हुँदै टिष्टुङ्ग जाने रहेको छ । अर्को बाटो फर्पिङ्गबाट मार्खु हुँदै चित्लाङ्ग भई टिष्टुङ्ग पुग्ने र अर्को भनेको यी दुइ भन्दा लामो बाटो नागढुङ्गा नौविसेबाट त्रिभुवन राजमार्ग हुँदै टिष्टुङ्ग जान सकिन्छ । यहाँको मुख्य आर्कषक भनेको नेवाःको पुरानो बस्ति कुन्छाल, त्यसैगरि वज्रबाराही मन्दिर, पाँच धारा आदि पर्छ । अहिले आएर यहाँको अर्को आकर्षणको केन्द्र बनेको छ – टिष्टुङ्ग रिर्सोट ।
टिष्टुङ्ग जाने क्रममा बाटोमा पर्ने चित्लाङ्गको पनि प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरुको आनन्द उठाउन सकिन्छ । चित्लाङ्गको मुख्य आकर्षण भनेको सातधारा, स्वछन्द भैरव, तलेजु भवानी, अशोक चैत्यका साथै रमणिय वातावरण हेर्न सकिन्छ । अझ थप आकर्षणमा चित्लाङ्गको पुरानो बस्ति, बाख्राको चीज फार्म पनि आकर्षणको रुपमा रहेको छ । यसैगरी यात्राका क्रममा पालुङ्ग, दामन, मार्खु, कुलेखानी आदि स्थानमा समेत पुगेर मनोरञ्जन गर्न सकिने ठाउँहरु रहेको छ ।


यसपाली नेवाः पत्रकार राष्ट्रिय दबूको पूर्ण बैठकको लागि टिष्टुङ्ग ठाउँ तय गरिएको थियो । करिब १ महिना अगाडिबाटै यहाँ दबूको पूर्णबैठक बस्न जाने निर्णय भइ सोही अनुरुप तयारी भएर दबूका केन्द्रीय समितिका सदस्यहरुका साथै सल्लाहकारसहित बैठक सम्पन्न गर्न त्यहाँ पुगेका थियौं । जून सार्थक रुपमा सम्पन्न भएको छ । दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको नेतृत्वमा प्रस्थान गरेको यस दुइ दिने भ्रमण पूर्ण रुपमा सफल भएको छ । असारे झरीका कारण बाटो के कस्तो छ भन्ने शंकामा कतिपय साथीहरुले भ्रमण रद्द गर्ने कि भन्ने प्रस्ताव आएपनि टिष्टुङ्ग भ्रमणको अघिल्लो दिनसम्ममा विशेष कारणले पहिले नै बैठकमा उपस्थिति जनाउन नसक्ने सूचना दिनुभएका सदस्य बाहेक बहुमत सदस्य टिष्टुङ्ग भ्रमणको लागि उत्साहित भएको जानकारी पाएका थियौं । तर हामी प्रस्थान गरेको दिन असार २८ गतेको बिहानैदेखि झरी पर्न थालेपछि कतिपय साथीहरु डराएर विना सूचना अनुपस्थित हुनुभयो ।

काठमाडौंको ताम्सिपाखामा जम्मा भएर बिहान ७ बजे सुरु भएको यात्रा कलंकी, चन्द्रागिरी हुँदै चित्लाङ पुगेर केही क्षण विश्राम गरेको भ्रमण टोली चित्लाङ्ग पुगेपछि निक्कै उत्साहित देखिएका थिए । बाटोका रमणिय दृश्यावलोकन गर्दै सहभागी दबूका साथीहरुले धेरै नै रमाइलो भएको अनुभूति सुनाउनु भयो ।

हामी चित्लाङ्गमा पुगेपछि एकछिन चिया खानको लागि विश्राम गर्दै त्यहाँको प्राकृतिक सम्पदाको रुपमा रहेको ७ धारा घुम्न गयौं । चिसो चिसो मौसममा सबै जनाले फोटो खिच्दै रमाइलो गरि चिया खाएपछि बिहान करिब ११ बजे हामी टिष्टुङ्ग रिसोर्टतर्फ लाग्यौं ।

 

May be an image of 8 people and grass

गोरेटो बाटो जस्तो ठाउँबाट शुरु भयो हाम्रो बाँकि यात्रा । बाटोमा कृषि उपजहरु हेर्र्दै साथीहरु निकै उत्साहित देखिन्थे । हामीसँगै यात्रामा सहभागी नेवाः मिडिया प्रा.लि.का अध्यक्ष तथा टिष्टुङ्ग रिसोर्टका संचालक सन्त कुमार महर्जनसित बाटोको बारेमा सोध्दा रिसोर्ट पुग्नका लागि मूलरुपमा बज्रबाराही मन्दिर अगाडिको बाटोबाट जाने भएता पनि त्यहाँको बाटो अहिले फराकिलो बनाउने कार्य भइरहेकोले वैकल्पिक बाटो अपनाएको बताउनु भयो । टिष्टुङको पुरानो दरवार हुँदै जाने क्रममा बाटो तुलनात्मक रुपमा राम्रो भएको बताउनु भएको थियो । तर वर्षाको समयमा पानीको भेलले गर्दा कच्ची बाटोको अवस्था त्यति राम्रो भन्न सकिने अवस्था थिएन । हामी रिसोर्ट पुग्नु भन्दा थोरै अगाडि रहेको ठाडो उकालोमा बस उक्लिन नसकेपछि हामी बसबाट झरेर पैदल यात्रा ग¥यौैं । त्यहाँबाट करिब ५ मिनेटको हिँडाइमा हामी रिसोर्ट पुग्यौं । साथीहरुसँगको हिँडाइ पनि रमाइलो नै हुने गर्दछ । बाटो वरपर विभिन्न फूल र ऐंसेलुका बोटहरुले गर्दा झनै मनमोहक देखिएका थिए ।

May be an image of 3 people

May be an image of Adenium and Calliandra

 

May be an image of Indian paintbrush

भित्र पस्दा चारैतिर हरियालि ठाउँ ठाउँमा रङ्गीचङ्गी फूलका बोटहरु फोटो खिच्नको लागि बनाएका ठाउँहरु देख्दा मन नै हर्षित भयो । म, अनिता, रचना दिदी र रवि दाई पहिले पुगेर त्यहाँको वातावरण हेर्न पायौं । भित्र सफा ठाउँमा भान्छा अनि हामीलाई खानाको लागि बस्ने व्यवस्था गरेको रहेछ । एकछिन घुम्ने क्रममा ठुलो चौर बीचबीचमा हरियालि बीचमा ठुलो खाली ठाँउ रहेछ । ठुलो घर दुइवटा सानो सानो कोठा भएको घर एउटा र सानो सानो कटेज दुइ वटा देखेंँ । मिटिङ्ग हल, ६ जना सुत्न मिल्ने कोठा र दुइदेखि तिन जना सुत्न मिल्ने कोठा पनि रहेछ । त्यहाँ बनाइएका विभिन्न कटेजहरुलाई टिष्टुङ्गका प्राचीन बस्तीहरुको नाम दिइएको थियो ।
सवै जना पुगेपछि एकछिन आराम गर्यौं । त्यसपछि खाना खाएर मिटिङ्ग हल तर्फ लाग्यौं । बैठक हललाई टिष्टुङ्गको मुख्य आकर्षणको केन्द्र बज्रबाराही देवीको नाममा ‘बज्रबाराही हल’ को नामाकरण गरिएको थियो । दबूको पूर्ण बैठक करिव ५ घण्टासम्म भयो । जसमा हालै सम्पन्न प्रथम अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलनको समिक्षा गर्नुका साथै दबूको भावी योजना तथा रणनीतिमा समेत चर्चा परिचर्चा गरिएको थियो । त्यसपछि लाग्यौं रमाइलो गर्ने तर्फ । दबूका साथीहरु कोही गाउन थाले कोही नाच्न थाले ३ घण्टा रमाइलो पछि रातको खानामा सरिक भयौं । रातको खाना पछि कोही साथीहरु फेरि रमाइलो गर्न तर्फ लागे भने हामी चाहिँ आराम गर्न तर्फ लाग्यौं ।

May be an image of 2 people

May be an image of 1 person, mountain, grass and fog

भोलिपल्ट असार २८ गते शनिवार विहान ७ बजे चियाको चुस्कीसँगै दिनको शुरुवात भयो । दोस्रो दिन नेपाल पर्यटन बोर्डका डाइरेक्टर मणि लामिछानेका साथै टिष्टुङ्ग रिसोर्टका सल्लाहकार, समाजसेवी लक्ष्मण गमाल र संचालक एवम् नेवाः मिडिया प्रा.लि.का अध्यक्ष सन्त कुमार महर्जनसँग टिष्टुङ्गको पर्यटकीय विकासका सम्बन्धमा छोटो अन्तक्र्रियात्मक कार्यक्रमको आयोजना गरिएको थियो ।

May be an image of 12 people and people smiling
पर्यटन बोर्डका डाइरेक्टर मणि लामिछानेले चित्लाङ्ग टिष्टुङ्गमा पर्यटन भित्राउनको लागि यहाँका स्थानियको सहयोग लिइ विकास गर्न १० वर्ष लागेको र अहिले यहाँको धेरै ठाउँको प्रचार प्रसारले विस्तारै गति लिएको तर यसलाई अझ विस्तार गर्न दबूका पत्रकारहरुले थप हौसला प्रदान गर्ने भएकोले पछिल्लो वर्षमा अझ पर्यटन बढ्ने कुरा राख्नु भयो ।

May be an image of 7 people, people studying and table

समाजसेवी लक्ष्मण गमालले आफ्नो जन्म चित्लाङ्गमा भएको भए पनि ब्यापारको सिलसिलामा आफू ३० वर्षदेखि काठमाडौंमा लाखाछेँ संचालन गरेर बसेको साथै जय सिद्धिगणेश सहकारीको अध्यक्षको रुपमा सेवा गर्दै आएको बताउनु भयो । उहाँले टिष्टुङ्गमा शिक्षाको विकासका लागि आफ्नै अध्यक्षतामा एक विद्यालय संचालन गर्दै आएको बताउनु हुँदै टिष्टुङ्ग रिसोर्ट संचालनको मुख्यधेय भनेको यहाँका जनशक्ति बाहिर काम खोज्न जान नपरोस् भन्ने नै रहेको बताउनु भयो । उहाँले टिष्टुङ्ग उपत्यका मुख्यतः आलु, मुला र काउलीको लागि प्रख्यात रहेको बताउनु भयो । अहिले काठमाडौंको तरकारीको मुख्य स्रोतको रुपमा विकसित भएको बताउनु भयो ।
त्यसैगरी नेवाः मिडिया प्रा.लि.का अध्यक्ष सन्त कुमार महर्जनले चित्लाङ्ग र टिस्टुङ्गसँग ज्यापु संस्कृति विकास कोषमार्फत् बाजा वितरणको कार्यबाट शुरु भएको बताउनु भयो । आफू बाजा वितरणको लागि एउटा गाडी रिजर्भ गरेर टिष्टुङ्ग पुग्दा बस्ने ठाउँको समस्या भएपछि यहाँ घुम्न आउने पर्यटकहरुलाई बासको व्यवस्था गर्ने भए आफूले पनि एउटा शेयर लिने बचन दिए अनुरुप स्थानीय विनोद महर्जने टिष्टुङ्ग रिसोर्टको प्रस्ताव ल्याउँदा आफूले पनि लगानी गरेको र ६ वर्षको दौरानमा १४ जना साथीहरुले करिब १० करोडको लगानी गरिसकेको बताउनु भयो । साथै रिसोर्टमा आएका आगन्तुकहरुको सुझाव अनुरुप ८१ सालभित्रै स्वीमिङ्ग पुल निर्माण गर्नुका साथै वाकिङ्ग पाथ बनाउने योजना रहेको बताउनु भयो । करिब ३४ रोपनी जग्गामा फैलिएको रिसोर्टमा आफ्नै जग्गामा कृषी उत्पादन पनि रहेको उहाँले बताउनु भयो ।
दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले यहाँको वातावरण अरु ठाउँमा भन्दा पृथक रहेकोले यहाँ आन्तरिक र बाह्य पर्यटक ल्याउन दबूले पनि प्रचार गरि सहयोग गर्ने बताउनु भयो । टिष्टुङ्ग रिसोर्टमा स्थानिय पहिचान झल्काउने केहि कुराको कमि भएको महशुश गर्नु हुँदै यस रिसोर्टभित्र चित्लाङ्ग टिस्तुङ्ग झल्कने कुराहरुको सजावटका साथै लोकल ब्राण्डका पेय र लोकल खानाको व्यवस्था भए सुनमा सुगन्ध हुने जिकिर गर्नुभयो ।
साथै दबूका बरिष्ठ उपाध्यक्षले हाइकिङ्गको व्यवस्थाका साथै स्थानियले खपट गर्न सक्ने कृषि सामाग्रीलाई प्राथमिकतामा राख्ने, म्युजिक भिडियो छाँयाकन गर्ने, संचार माध्यमलाई गति दिन पर्यटन बोर्डमा समन्वयन गर्न सक्ने बताउनु भयो ।
दबूका सहसचिव प्रजित शाक्यले टिष्टुङ्गमा पर्यटक भित्राउने अर्को उपाए भनेको स्पोटर्स टुरिजम पनि विकल्प हुन सक्छ भन्नु हुँदै एउटा खेलकुदमा खेलाडि लगाएत हजारौ मानिसहरुको सहभागि हुने भएकोले भलिबल र साइकिलिङ्ग जस्ता खेल पर्यटन बोर्डको सहयोगमा गरि थप पर्यटक भित्राउन मद्दत मिल्ने भन्नु भयो ।
महासचिव के के मानन्धरले पर्यटन व्यवसाय फस्टाउन पैसामा नै रुपान्तर गरि पर्यटक भित्राउन सहयोग मिल्ने साथै यहाँको लोकल कुरालाई प्रमोट गरि थप काम गर्न सकिने कुरा बताउनु भयो । पर्यटन विकासको लागि बाटो महत्वपूर्ण भएकोले यहाँको पर्यटन विकासका लागि बाटोको स्तर उकास्नु पर्ने बताउनु भयो ।
कोषाध्यक्ष बाबुकाजी साँछेले टिष्टुङ्गमा पाइने न्हकं रक्सी पनि पर्यटकका लागि नौलो हुनसक्ने बताउनु भयो ।
कार्यक्रममा उपाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले लामो समयदेखि समाजसेवी गमालसँग रिसोर्टमा आउने कुरा भए पनि साइत जुर्न समय लागेको बताउनु भयो । आफूहरु टिष्टुङ्ग रिसोर्टमा पुग्दा त्यहाँको वातावरणले मोहित बनाएको बताउनु भयो । उहाँले त्यहाँ पुगेर रिसोर्ट अवलोकन गर्दा त्यहाँबाट टिष्टुङ्ग उपत्यकाको राम्रो दृश्य देखिएको र त्यहाँ पहाडमा बादलको घुम्टोले गर्दा स्वर्ग झैं देखिएको बताउनु भयो ।
यसरी सबैसित छलफल गर्न पाउँदा र टिष्टुङ्गको बारेमा थप कुरा जान्ने अवसर पायौं । त्यसपछि हामीले बिहानको खाना खाएर काठमाडौंका लागि प्रस्थान गर्यौं ।

May be an image of lighting, covered bridge and twilight

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध