वरिष्ठ कलाकार हरिप्रसाद वैद्य रहेनन्
वरिष्ठ कलाकार हरिप्रसाद वैद्यको आज बिहान निधन भएको छ ।
वरिष्ठ कलाकार वैद्य आर्किटेक्ट इञ्जिनियरका साथै वास्तुकला, चित्रकला, भ्वाइलिनवादनका सिद्धहस्त व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ सामाजिक सेवाको क्षेत्रमा पनि उतिकै सक्रिय व्यक्तित्व हुनुहुन्थ्यो ।
केही समय अगाडिदेखि स्वास्थ्य कमजोर भएका कारण बेडरेस्ट गरीरहनु भएका उहाँ हिँडडुल गर्न समेत अशक्त हुनुभएको पारिवारिक श्रोतले बताएको छ ।
वैद्यको एक छोरा हुनुहुन्छ । आजै अन्तिम संस्कार गर्ने तयारी रहेको कलाकार वैद्यलाई अन्तिम श्रद्धाञ्जलीका लागि शोभा भगवतीमा दिउँसो १२ देखि १ बजेसम्म राखिने जानकारी प्राप्त भएको छ ।









