टेलिभिजनमा नेपालभाषाको समाचारका लागि दबूको प्रयास सञ्चारमन्त्री शर्मा र महाप्रबन्धक बललाई ध्यानाकर्षण

काठमाडौं÷नेवाः पत्रकार राष्ट्रिय दबूले फाल्गुन ८ गते भेट गरेर आफ्ना विविध समस्याका बारेमा ध्यानाकर्षण गराएको छ । दबूले स्थापनाकालदेखि अघि आत्मसात गर्दै आएको विचार, उठाउ“दै आएको मुद्दा र पैरवी गर्दै आएको एजेण्डा विषयसँगै २०७९ पुस २३ गते ललितपुरमा सम्पन्न चोथौं महाधिवेशन तथा दसौं वार्षिक साधारण सभा र २०७९ माघ १९ र २० गते लुम्बिनीमा सम्पन्न पहिलो केन्द्रीय समितिले पारित गरेका विषयमा मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको नेतृत्वमा मन्त्री शर्मालाई बुझाएको ध्यानाकर्षणमा मातृभाषाको पत्रकारिताको विकास र विस्तारको लागि राज्यबाट थप सहुलियत, सुविधालाई नीतिगत रुपमा सम्बोधन गर्न सञ्चार तथा  सूचना प्रविधिमन्त्रालयले प्रभावकारी भूमिका निर्वाह गर्न माग गरिएको छ ।
अध्यक्ष श्रेष्ठले नेपालमा मातृभाषा पत्रकारिताको शुरुआत भएको सय वर्ष पुग्ने तरखरमा रहेको बताउँदै नेपाल संवत् १०४५ अर्थात् वि.सं. १९८२ सालको बुद्धजयन्तीको दिन नेपालभाषाको माध्यमबाट पहिलो पत्रिका बुद्ध धर्म प्रकाशित भएको जानकारी गराउनु भएको थियो ।


भाषानुरागी धर्मादित्य धर्माचार्य (जगतमान वैद्य) ले भारतको कलकत्तामा प्रकाशित गरेको सो पत्रिका नेपालकै नागरिकले मातृभाषामा प्रकाशित गरेको पहिलो पत्रिका रहेको दावी अध्यक्ष श्रेष्ठले गर्नुभयो ।
नेवाः पत्रकार राष्ट्रिय दबूले नेपाल आदिवासी जनजाति पत्रकार महासंघको समन्वयमा धर्मादित्य धर्माचार्यको जन्मदिन बुद्धजयन्तीको अघिल्लो दिनलाई विगत सातौं वर्षदेखि मातृभाषा पत्रकारिता दिवसको रुपमा मनाउन थालिएको पनि मन्त्रीलाई जानकारी गराएको थियो ।
दबूले नेपाल संवत् ११४४ अर्र्थात् आगामी २०८० साल कार्तिकदेखि अर्को वर्ष कार्तिकसम्म मातृभाषा पत्रकारिता शताब्दी महोत्सव मनाउने तयारी गरिरहेको पनि सो अवसरमा जानकारी गराइएको थियो ।
शतवार्षिकीका अवसरमा पहिलो मातृभाषाका पत्रकार धर्मादित्य धमाचार्य (जगतमान वैद्य) को जीवनी प्रकाशित गर्ने, उहा“को कृतित्व र व्यक्तित्व चर्चा, उहा“को शालिक अनावरण गर्ने, हुलाक टिकट प्रकाशित गर्ने, मातृभाषाको पत्रकारिता बारे विभिन्न गोष्ठी, सभा, प्यानल छलफल कार्यक्रमहरु गर्ने योजना रहेको पनि बताइएको छ ।
यस्तै समावेशी सञ्चार क्षेत्रको विषयमा सञ्चारकर्मीको दक्षता, क्षमता अभिवृद्धि, अभिमुखीकरण, युवावर्गलाई सञ्चार क्षेत्रमा आकर्षित गर्ने विषय पनि जोडिएको बताउँदै नेवाः लगायत आदिवासी जनजाति पत्रकारहरुको उत्पादन र पुनःताजगी तालिम संचालन रहेको पनि मन्त्री शर्मालाई जानकारी गराइएको थियो ।
दबूले सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजनले हालै तामाङ र लिम्बु भाषामा समाचार प्रसारण गर्न शुरु गरेकोमा हर्ष प्रकट गर्दै यसले सञ्चारमाध्यममा सबैको आवाज र मातृभाषामा सूसुचित हुने हकलाई सम्मान गरेको बताएको छ ।
दबूले नेपाल टेलिभिजनमा नेपालभाषाकोे माध्यमबाट पनि समाचार प्रसारण गर्नका लागि आवश्यक पहल गरीदिन मन्त्री शर्माको ध्यानाकर्षण गराएको थियो ।
यसैगरी राज्यले प्रदान गर्ने लोककल्याणकारी विज्ञापन र अन्य अनुदान वितरण गर्दा समानुपातिक समावेशीतालाई प्राथमिकता दिने संस्थाहरूलाई प्राथमिकता दिने र समावेशीताका लागि प्रोत्साहन गर्नुपर्ने, सञ्चार सम्बन्धी हाल अस्तित्वमा रहेका र भविष्यमा गठन हुने सम्पूर्ण निकायहरुलाई पूर्ण समावेशी बनाइनुपर्ने माग पनि दबूको रहेको छ ।
९ बुँदे ध्यानाकर्षण पत्र बुझेपछि मन्त्री शर्माले नेवाः पत्रकारहरुको योगदानको प्रशंशा गर्नु हु“दै विभिन्न भाषाभाषी समेटेर नेपाल टेलिभिजनमा नेपालभाषाको समाचार प्रशारणका लागि आफूले कुरा राख्ने वताउनु हु“दै सवै भाषाभाषीले आफ्नो मातृभाषालाई माया गर्नु पर्ने र राज्यले पनि यसलार्इं सम्मान गर्नु पर्ने बताउनु भएको थियो ।
उहाँले पत्रकार महासंघले सवै पत्रकारहरुलाई समेत्नु पर्ने पनि सो अवसरमा बताउनु भयो । नेपालकै प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्य प्रतिष्ठान बनाउने कुरामा खुशि व्यक्त गर्नु हु“दै उहाँल्े राज्यले नै एउटा प्रतिष्ठान वनाउनको लागि एक छुट्टै समिति गठन गरी त्यस अन्तर्गत सबैमा पहल गर्ने पनि बताउनु भयो ।
यसैबीच दबूका सदस्यहरुले नेपाल टेलिभिजनका महाप्रवन्धक फुलमान बललाई पनि भेट गरेर नेपाल टेलिभिजनमा नेपालभाषाको पनि समाचार राख्नका लागि ध्यानाकर्षण पत्र बुझाएका छन् ।
उहा“ले नेवाः पत्रकार दबूको कार्यले आफु खुशी भएको र नेपाल भाषालाई आफुले पनि माया गरेको यस भाषालाई टेलिभिजनमा समावेश गर्न पाए आफु पनि खुशी हुने भन्नु भयो साथै नेपाल भाषाको रंजना लिपिले संसारमा नेपाल चिनाएकोले यस लिपिको संरक्षण सवै ठाउ“बाट हुनु पर्ने पनि उहाँले बताउनु भयो ।
स्मरण रहोस नेपाल टेलिभिजनले यस अघि तामाङ भाषाको समाचार प्रसारण गरिसकेको छ भने नेपाल टेलिभिजनकै इटहरी च्यानलले लिम्बू भाषाको समाचार प्रसारण थालिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध