श्री स्वस्थानी ब्रतकाे सम्पूर्ण तयारी पूरा
यही पाैष २२ गते शुक्रबारबाट सुरू भै माघ २२ गते सम्म संचालन हुने श्री स्वस्थानी ब्रतकाे लागि आयोजक श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिद्वारा आज एक पत्रकार सम्मेलन गरी सम्पूर्ण तयारी पूरा भएकाे जानकारी गराएकाे छ ।
साँखुकाे सक्व रिसाेर्टमा भएकाे सम्मेलनमा महिला तथा पुरूष गरी करिव ३०० ब्रतालुहरूले ब्रतकाे लागि नाम दर्ता गराउन सक्ने जनाएकाे छ । व्रतकाे व्यवस्थापन गर्न आयाेजकहरूले यही पुस १२ गतेबाट नाम दर्ता थालेकाे थियाे । व्रतालुहरूले १८ गतेभित्र नाम दर्ता गराउन आयाेजकले आग्रह गरेकाे छ । आजका दिनसम्म १५० जनाले नाम दर्ता गराइ सकेकाे आयाेजकले जनाएकाे छ ।
यसैगरी माधवनारायणकाे भ्रमणकाे उचित ब्यवस्थापन भैसकेकाे छ । सर्वसाधारण भक्तजनहरूकाे सुरक्षा, पार्किग, शाैचालय आदिकाे पूर्णरूपमा उचित ब्यवस्थापन भएकाे र श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष श्री बालकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
काेभिड १९काे नयाँ भेरियन्टबाट बच्न ब्रतालु तथा भक्तजनहरूलाई माक्स र सेनिटाइजर निशुल्क उपलब्ध गराइनेछ ।
ब्रतालुहरूले महिनादिनसम्म नुन वार्नेदेखि दिनकाे एक छाके मात्र भएर याे व्रत समापन गर्नु पर्ने भएकाेले याे व्रत एसिया प्रान्तकै कठिन ब्रतकाे रूपमा लिइएको छ ।




















