कोलोष्टमी ब्यागसम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
कोलोष्टमी ब्यागसम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
जन चिकित्सालय न्ह्योखा र रोटरी क्लव स्वयम्भुको संयुक्त आयोजनमा श्रावण १४ गते शनिवार ठुलो आन्द्रामा हुने क्यान्सर र अप्रेशन पछि दिशा गर्न प्रयोग गरिने कोलोष्टोमी व्यागको हेरचाह सम्बन्धमा जनचेतना मुलक कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रममा जन चिकित्सालयका उपाध्यक्ष दिलिप मान श्रेष्ठले कार्यक्रमको उद्देश्य प्रकाश गरी आमन्त्रित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्नुभयो । यस कार्यक्रममा अतिथि वक्ताद्वय मध्ये ग्याष्ट्रोलोजिष्ट डा. राकेश कुमार शाहले आन्द्रामा हुने क्यान्सर सम्बन्धि रोगको लक्षण, खानापिनसम्बन्धी तथा जथाभावी औषधी सेवन गर्ने जस्ता अति महत्वपूर्ण कुराहरुको जानकारी दिनुभयो । त्यस्तै अर्का अतिथि वक्ता प्रा.डा. विजय प्रकाश श्रेष्ठले कोलोष्ट्रोलो व्यागको प्रयोग र यसको हेरचाह बारे जानकारी दिनुभयो । जन चिकित्यालयका संस्थापक एवं रोटरी क्लब अफ स्वयम्भुका अध्यक्ष दिनेश प्रशाद श्रेष्ठले चिकित्सा स्वास्थ्य सम्बन्धी कार्यक्रम गर्नु पर्ने बारे उल्लेख गर्दै आगामि दिनहरुमा पनि जनचिकित्सालयका कार्यक्रमहरुलाई सहयोग गर्ने जानकारी दिनुभयो । साथै रोटरी क्लब र इमेज गभर्नरका असिष्टेन्ट उमिदबाट पनि सहयोग गर्ने बताउनु भयो । जन चिकित्सालयका अध्यक्ष विमला मानन्धरबाट आन्द्रामा क्यान्सर भएका विरामीहरुलाई सहयोग गर्ने तथा सवै वडाहरुमा जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने र कोलोष्टमी ब्याग जनचिकित्सालयबाट निःशुल्क वितरण भइरहेको जानकारी पनि दिनुभयो । कोलोष्टोमी ब्याग प्रयोग गरिरहेका ७ जना बिरामीहरुको पनि उपस्थिति रहेको कार्यक्रममा रेडक्रस सोसाइटी गणबहाल उपशाखाका अध्यक्ष अमृत नारायण मानन्धर तथा हेरा रानामगरले पनि आ–आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो । कोलोष्टोमी व्याग प्रा.डा. विजय प्रकाश श्रेष्ठज्यूबाट अमेरिकाको ग्रीन सिटी हस्पीटलबाट निःशुल्क प्रदान गरी हस्तान्तर गर्नुभयो । र डा. राकेश कुमार शाहले चिकित्सालयलाई हप्ताको २ घण्टा निःशुल्क सेवा दिने मनसाय व्यक्त गर्नुभयो । सोही क्रममा जनचिकित्सालयका महासचिवले जन चिकित्सालयको १४ औं अधिवेशनबाट निर्विरोध निर्वाचित कार्य समितिको जानकारी दिनु भएको थियो । नयाँ कार्य समितिमा अध्यक्ष विमला मानन्धर, उपाध्यक्ष दिलिप मान श्रेष्ठ, महासचिव सुशिल राज श्रेष्ठ, सचिव दिनेश प्रशाद कायस्थ, कोषाध्यक्ष दिनेश रत्न स्थापित तथा सदस्यहरु वसन्त लाल श्रेष्ठ, रामकाजी श्रेष्ठ, अम्वीका श्रेष्ठ, विजयलाल श्रेष्ठ, शिशिरनाथ मिश्र रहनु भएको छ ।








