निशुल्क स्वास्थ्य शिविर सम्पन्न
समाज सेवी चक्रमान डंगोलको सातौ वार्षिकीको पूण्यस्मृतिमा निःशुल्क स्वास्थ्य शिविर श्रावण १४ गते शनिवार बुद्धमाई अस्पताल प्रागणमा सम्पन्न भएको छ ।
श्री चक्रमान डंगोल स्मृति प्रतिष्ठान नेपाल आयोजनामा बुद्ध माइ फाउन्डेशन, बुद्धमाई सेन्टर र लायन्स क्लब अफ काठमाण्डौको सहयोगमा सो स्वास्थ्य शिविर भएको हो । जसमा ५ जना डाक्टर र ९ जना वरिष्ठ नर्श र सहायकको टिमले १७० जना विरामीको परिक्षण गरेका थिए ।
उक्त शिविरमा सहयोग गर्ने सवै टिमका सहयोगीहरुलाई पूर्व स्वास्थ्य राज्य मन्त्री तिर्थराम डंगोलले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
सो शिविरमा पाठेघरको मुखको क्यान्सर जाँच, जनरल चेकअप,सुगर टेष्ट (ग्लुकोमिटरबाट) , किड्नी जाँच विधामा निशुल्क परिक्षण गराएको प्रतिष्ठानका सचिव चमित महर्जनले जानकारी दिनुभयो ।










