एकै परिवारका चारजनाको मृत्यु
महानगरीय प्रहरी परिसर र काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काभ्रेस्थली एकै परिवारका चार जनाको मृत शरीरलाई पोष्ट मार्टमको लागि शिक्षण अस्पताल महाराजगञ्ज लगेको छ । घटना स्थललाई अध्ययन गर्दा घरको मुलिले पहिला बच्चाहरु अनि श्रीमतिको हत्या गरि अन्तिममा आफु पनि आत्माहत्या गरेको अनुमान लगाएको छ ।
घटना हेर्दा बच्चाहरुको र आमाको एकै कोठामा लाश र श्रीमानको लाश अनन्त अर्को कोठामा गएर पेट र छातीमा छुरा हानेको जस्तो भेटिएको छ ।
उक्त घटना कति खेर घट्यो भन्ने कुरामा छिमेकीले समेत सुइको नपाएपछि सोमबार बिहान साढे ८ बजेतिर मात्रै घटनाबारे छिमेकीले थाहा पाएको देखिन्छ । घटनामा मृत्यु हुनेमा दिनेश पाण्डे, सुनिता पाण्डे छोरा आशिक पाण्डे र छोरी आशिका पाण्डे रहेका छन् ।








