चार वरिष्ठ पत्रकार पुरस्कृत
पत्रकार क्षेत्रमा आफ्नो अमूल्य समय दिइ लामो समय देखि पत्रकार क्षेत्रमा योगदान दिदै आएका चार वरिष्ठ पत्रकार प्रेस सेन्टर पत्रकार तथा साहित्यकार शहिद कृष्ण सेन ‘इच्छुक’को २०औँ स्मृति दिवश पारी पुरस्कृत तथा सम्मानित भएको छ ।
सो अवसरमा ‘कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार २०७८’बाट पत्रकार गोविन्द आचार्य र ‘कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार–२०७९’बाट महेश्वर दाहाललाई त्यसै गरी , ‘शक्ति–तारा स्मृति पुरस्कार–२०७९’बाट पत्रकार बलराम थापा र ‘शक्ति–तारा स्मृति पुरस्कार २०७९’बाट लक्ष्मी पुनलाई सम्मान गरिएको हो । यसअघि कृष्णसेन स्मृति पुरस्कार ओम शर्मा, किशोर श्रेष्ठ, चन्द्रमान महर्जन, लगायतका पत्रकारहरु पुरस्कृत भइसकेका छन् ।








