कामपा १८ वडामा नेकपा एमाले जित
काठमाण्डौ महानगर भित्र एमाले र कांग्रेसको प्रतिस्पर्धा व्यापक भइरहेको वेला १८ वडामा पूर्व वडाध्यक्ष न्हुछेकाजी महर्जन प्यानल सहित विजय भएका छन् । उहाँले अन्तिम नतिजा सम्म एक हजार २९३ मतल्याएका छन् भने उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार राजन महर्जनले ७७१ मत ल्याएका छन् । त्यसै गरी महिला सदस्यमा एक हजार ३५१ मतसहित हेराशोभा डंगोल ,खुल्ला सदस्यमा हेमज्योती शाक्य र रचना शर्मा निर्वाचित भएका छन् । दलित महिला सदस्य पदमा भने अम्बिका सुनार यस अघि नै निर्विरोध निर्वाचित भएकी थिइन् ।








