१५ दिने आधाभूत पत्रकारिता तालिम सुरु
नेवाः पत्रकार राष्ट्रिय दबू काठमाण्डौ जिल्लाको आयोजनामा १५ दिने आधाभूत पत्रकारिता तालिम जेठ १५ गते बाट शुरु गरिएको छ । काठमाण्डौ महानगर पालिका १५ वडाका पुनः निर्वाचित वडा अध्यक्ष ईश्वर मान डंगोलको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रमा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रिय अध्यक्ष सुरज विर बज्राचार्य , काठमाणडाै जिला निवतर्मान अध्यक्ष नातिकाजी महर्जन, आदिवासी जनजाति पत्रकार संघ फोनिज काठमाण्डौ जिल्लाका अध्यक्ष शैलेश डंगोल, आदिवासी जनजाति पत्रकार संघ फोनिज ललितपुर जिल्लाका अध्यक्ष संजय श्रेष्ठ प्रशिक्षक सुरेश किरण मानन्धरको उपस्थिति रहेको थियो ः ।
साेहि उद्घाटन कार्यक्रममा बौल्दै प्डंमुख अतिथि डंगोलले पत्रकारिता समाजको ऐना भएकोले सत्यतथ्य बाहिर ल्याउन पत्रकारहरुले ध्यान दिनुपर्ने बताए । ठूला पूर्वाधार, चिल्ला सडक मात्र भएर समाजको विकास मानिन्दैन, समाजको विकासको लागि वृत्तिविकासको पनि उति कै आवश्यकता भएको डंगोल बताए । समाजमा जनचेतना फैलाउन दिइने विभिन्न वृत्तिविकासको तालिम मध्ये अझ पत्रकार तालिमबाट प्राप्त भएको ज्ञानबाट सहि सूचना सहि समयमा सहि स्थानसम्म पु¥याउनुमा धेरै मद्दत पुग्ने डंगोलले बताए ।
कार्यक्रममा मुख्य प्रशिक्षक नेपालभाषा टाइम्स दैनिकका सम्पादक सुरेश किरण मानन्धरले सूचना तथा सञ्चारको महत्वको बारे प्रकाश पारे । उनले आजको युगमा सुचना तथा सञ्चारको कतिको महत्व छ भनेर वैशाख ३० गते भएको चुनावबाट सबैलाई थाहा भइसकेको बताए । कुनै पनि राजनीतिक पार्टीको उम्मेदवारको पम्प्लेट, पर्चा, पोस्टर विना कुन पार्टीबाट कुन पदमा कुन उम्मेदवार चुनावी मैदानमा उत्रनुभएको छ भनेर आम जनतालाई यहि सुचना तथा सञ्चारको माध्यमबाट थाहा पाएको प्रमुख प्रशिक्षक सुरेश किरणले बताए ।
दबूका अध्यक्ष अरविन्द्र मान सिहंको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रम दबूका उपाध्यक्ष प्रविण महर्जनले संचालन गर्नुभएको हो ।








