नेकपा एमाले कामपा १५ वडामा शाक्य र शाहीको अध्यक्षता टोल कमिटी गठन
नेकपा एमाले काठमाडौं जिल्ला सदस्य,नेकपा एमाले काठमाडौं क्षेत्र नं ८ का सचिव उदय पसखलको प्रमुख आतिथ्यतामा आज नेकपा एमाले कामपा १५ वडा डल्लु र धुम्बाखेल टोल कमिटी गठन गरेको छ । उक्त कार्यक्रम नेकपा एमाले कामपा १५ वडा कमिटीको आयोजनामा भएको थियो । नेकपा एमाले कामपा १५ वडा डल्लु टोल कमिटी अमृत शाक्यकाे अध्यक्षता १५ सदस्य र धुम्बाखेल टोल कमिटी राम शाहीको अध्यक्षमा १३ सदस्यीय कमिटी गठन भएको छ ।
उक्त कार्यक्रमको सभापतित्व नेकपा एमाले कामपा १५ वडा कमिटीका अध्यक्ष धावा रुम्बाले गर्नु भएको थियो । उक्त कार्यक्रममा विशेष अतिथि नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका सदस्य तथा नेकपा एमाले कामपा १५ वडा कमिटीका इन्चार्ज शंकर केसी,अतिथि काठमाडौं महानगर कानुन विभागका सदस्य लक्ष्मण साही थिए ।
प्रमुख अतिथि उदय पसखलःले नेकपा एमाले कामपा १५ वडा कमिटी अहिलेको नेतृत्व पहिलेको भन्दा फरक बिचारधारा लिएर अगाडी बढने नेतृत्व रहेको बताउनु भयो । अहिलेको नेतृत्वले सुखी नेपाल समृद्ध कामपा १५ वडा भन्ने नारा साथ अगाडि बढने कमिटी रहेको पनि बताउनु भयो ।
अन्तमा यस टोल कमिटी गठनमा युवाहरु उच्च सहभागीता देखेर आफू खुशी रहेको र अबको नेकपा एमाले कामपा १५ वडा कमिटीका नेतृत्वले युवाहरुलाई विशेष प्राथमिकता दिई नेतृत्व तहमा पुर्याउन पहल गर्ने बताउनुका साथै निर्वाचित सबै सदस्यहरु लाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।











