मल्ल र गिरी सम्मानित

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल ओलम्पिक कमिटीअन्तर्गतको वुमेन्स एन्ड स्पोर्टस कमिसनले सुधासेन मल्ल र जुलुम गिरीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले मल्ल र गिरीलाई सम्मान पत्रसहित २५ हजार रुपैंया प्रदान गर्नु भयो ।
पुरस्कारको प्राविधिकतर्फ मल्ललाई सम्मान गरिएको हो । सन् १९८३ मा नेपालमा तेक्वान्दो भित्रिएको वर्षको पहिलो पुस्ताका खेलाडी गिरी पहिलो महिला ब्ल्याकबेल्ट पनि हुनु हुन्छ । पुरस्कारको प्रशासनतर्फ गिरीलाई सम्मान गरिएको हो र उहाँ तीन दशक लामो समयदेखि राष्ट्रिय खेलकुद परिषदको कर्मचारीका रूपमा विभिन्न जिम्मेवारी निभाउँदै आउनु भएको छ ।
त्यस अवसरमा अध्यक्ष श्रेष्ठले नेपाली खेलकुदमा महिला सहभागितामा जोड दिनु हुँदै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले पनि खेलकुदमा महिलाको बलियो उपस्थितिलाई प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले नेपाली खेलकुदमा मल्ल र गिरीको पनि अतुलनीय योगदान रहेको बताउनु भयो ।
त्यस अवसरमा मल्ल र गिरी दुवैले सम्मानका लागि धन्यवाद प्रकट गर्नु भयो । कार्यक्रम कमिसनका अध्यक्ष्य ज्योति राणाको सभापतित्वमा भएको थियो कार्यक्रमको सुरुमा कमिटीका सदस्य प्रमिला सिंह श्रेष्ठले स्वागत भाषण गर्नु भएको थियो भने सचिव विमला पौडेलले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध