महिला दिवसका अवसरमा महिला शारीरिक अभ्यास प्रतियोगिता
आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस । नारीप्रतिको पूर्वाग्रह तोड्न र समानताको आवाज बलियो बनाउने आग्रह सहित देश तथा विश्वभर विभिन्न कार्यक्रमको आयोजना गर्दै नारी दिवस मनाइँदै छ ।
दिवसकै सन्दर्भमा महिला लक्षित विभिन्न कार्यक्रम सञ्चालन भैरहँदा ज्यास्मिन फिटनेश क्लब एण्ड स्पाले भने महिला स्वास्थ्यलाई प्राथमिकतामा राखेर कार्यक्रम आयोजना गरेको छ ।
काठमाडौंको त्रिपुरेश्वरमा रहेको यो फिटनेश क्लबले क्लबमा एक्सरसाइज गरिरहेका महिला सहभागीमाझ शारीरिक अभ्यास सम्बन्धी प्रतियोगिता आयोजना गरेको हो । शारीरिक अभ्यासले स्वस्थतासँगै आत्मबल समेत बढाउने भएकाले नारी दिवसलाई उत्कृष्ट रुपमा मनाउन क्लबले यस किसिमको कार्यक्रम सञ्चालन गरेको क्लबकी प्रवन्ध निर्देशक निरु ओली बताउनुहुन्छ ।
फिटनेश क्लवमा आउनु अघि आफ्नो तौल बढेको र यसले कता कता असहज महसुस हुने गरेको भन्दै प्रवन्ध निर्देशक ओली अहिले आफूले समेत नियमित अभ्यास गरेर तौल घटाएको र शारीरिक रुपमा स्वस्थ तथा मानसिक रुपमा आनन्दित महसुस हुने गरेको बताउनुहुन्छ । उहाँका अनुसार समाजका हर क्षेत्रमा सक्रिय रहने तथा काममा व्यस्त भैरहने भएकाले पनि महिलालाई शारीरिक अभ्यासको बढी आवश्यकता पर्दछ । जुनकुनै किसिमले पनि महिलाले आफ्नो शरीरलाई ख्याल राख्दै अभ्यास गर्न उहाँ सुझाव दिनुहुन्छ ।
ज्यास्मिन फिटनेश क्लब एण्ड स्पा महिलाद्वारा महिलालाई नै लक्षित गरेर सञ्चालन गरिएको फिटनेश क्लब भएकाले पनि नारी सशक्तीकरणका लागि दिवसका अवसरमा शारीरिक अभ्यासलाई छनौट गरिएको स्पाका प्रमुख कार्यकारी अधिकृत रमेश जलन बताउनुहुन्छ ।
प्रमुख कार्यकारी अधिकृत जलनका अनुसार स्पामा जुनकुनै वर्गका महिलाहरुले निर्धक्क भएर शारीरिक अभ्यास गर्न सक्नुहुन्छ । यहाँ गृहिणी तथा कार्यालयमा कार्यरत महिलाहरु सबैलाई लक्षित गरेर सहुलियत दरमा सेवा उपलब्ध गराइने उहाँको भनाइ छ ।
‘हाम्रोमा पार्किङ्गका ालगि पनि पर्याप्त स्थान छ । साथै अभ्यासका लागि पनि खुल्ला क्षेत्र छ । गृहिण्ीलाई सहुलियत दरमा दिउँसोको प्याकेज तयार गरेका छौं’, जलन बताउनुहुन्छ । स्पामा सेवा लिनका लागि नयाँ सदस्यलाई १ लाख ३० हजार र गृहिणीका लागि लक्षित गरिएको दिवा कार्यक्रमका लागि ६० हजार रुपैयाँ शुल्क तोकिएको छ ।
स्पामा अभ्यास गर्दैआउनुभएकी पहिलो मिस नेपाल रुवी राना समेत शारीरिक अभ्यास आवश्यक रहेकाले आफूले नियमित अभ्यास गर्दैआएको बताउनुहुन्छ । नारी दिवसका अवसरमा मात्र होइन अन्य हरेक दिन यहाँ महिलामैत्री र उनीहरुलाई उत्प्रेरित गर्ने वातावरण रहेको उहाँको भनाइ छ । ‘फिटनेश सेण्टरमा गुरुहरुबाट प्राप्त शिक्षाले सकारात्मक उर्जा मिल्नुका साथै शारीरिक स्वास्थ्यमा लाभ मिलेको छ’ उहाँ बताउनुहुन्छ ।
गाउँघरतिर अझ पनि दैनिक घरायसी कामले नै शारीरिक अभ्यासलाई सहयोग पु¥याइरहेको हुन्छ । तर, शहरको व्यस्त जीवनशैलीमा नियमसंगत ढंगले शारीरिक अभ्यास गर्न दक्ष प्रशिक्षकको खाँचो रहने गर्दछ ।
‘शारीरिक अभ्यास अत्यन्त आवश्यक छ । यसले शरीरको सम्पूर्ण क्षेत्रमा प्रभाव पारिरहेको हुन्छ । त्यसैले पनि सेण्टरमा आएर वा अन्य सामाजिक सञ्जालको प्रयोग गरेर अभ्यासलाई भने निरन्तरता दिनु होला’ स्पाका प्रमुख कार्यकारी अधिकृत तथा प्रवन्ध निर्देशक आग्रह गर्नुहुन्छ ।











