नेपाल सांस्कृतिक संघको सह महामन्त्रीमा मुनिकार

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको सहमहामन्त्रीमा नृत्य निर्देशक रमेशमान मुनिकार नियुक्त भएको छ । संघका सभापति तीर्थबहादुर थापाले संघको विधानको परिच्छेद ७ को दफा २० (च) बमोजिम उनलाई सो पदमा मनोनयन गरेका हुन् ।
नेपाल साँस्कृतिक संघको उन्नयन, सम्बद्र्धन र द्रुततर विकासका लागि पारस्परिक सहमति, सहकार्य र सांगठनिक सुदृढीकरण एवम् संघको पदाधिकारीका रुपमा विगतमा लोकतान्त्रिक आन्दोलन र सांस्कृतिक उच्चता श्रीवृद्धि गर्न उल्लेखनीय योगदान दिएको कदर स्वरुप उनलाई सहमहामन्त्रीमा नियुक्त गरिएको जनाइएको छ ।
नवनियुक्त सहमहामन्त्री मुनिकारले संघको काठमाडौं जिल्लाका संस्थापक सचिव, केन्द्रीय सदस्य, धवलागिरी अंचल संयोजक, अभिलेख विभाग प्रमुख तथा केन्द्रीय सहकोषाध्यक्ष जस्ता जिम्मेवार पदहरुको दायित्व बहन गरीसक्नु भएको छ । काठमाडौं महानगरपालिका १९ वडा निवासी मुनिकार सामाजिक, सांस्कृतिक एवम् साहित्यिक क्षेत्रमा समेत क्रियाशील व्यक्तित्व हुन् । नृत्यनिर्देशक मुनिकारले सांस्कृतिक कार्यक्रमका लागि अमेरिका, चीन, थाइल्याण्ड, ताइवानका साथै भारत र नेपालका विविध ठाउँमा भ्रमण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध