रात्रिकालिन व्यवसाय संचालन तथा व्यवस्थापन समितिले ज्ञापन पत्र बुझायो
कोभिडका कारण हरेक क्षेत्रमा नकारात्मक असर परेको कुरा यथावत नै छ। घाटा बेहोरि रहेको यो समयमा सामान्य जनजीवन सहज बनाउन सरकारले विभिन्न क्षेत्र सञ्चालन गर्न अनुमति दिएता पनि शिक्षा तथा विभिन्न व्यवसाय संचालन गर्ने अनुमति भने दिएको छैन।
दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय संचालन तथा व्यवस्थापन समितिले रात्रिकालिन व्यवसाय संचालनको निम्ति दबाब स्वरूप भदौ ५ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र सहित चाबी बुझाएको छ।
रात्रिकालिन व्यवसायमा आबद्ध कर्मचारी, कलाकार तथा श्रमजीवि मजदुरको दैनिकी जीवन चलाउन कठिन भएको र उनीहरूको रोजगारी सुनिश्चितताको लागि विभिन्न चरणमा नेपाल सरकार, गृहमन्त्रालय, पर्यटन बोर्ड, सि=सि=एम=सि लगाएत जिल्ला प्रशासनमा पटक पटक ध्यानाकर्षण गराएता पनि सरकारले आज सम्म पनि कुनै चासो दिएको छैन।
दुई वर्ष सम्म पनि रात्रिकालिन व्यवसाय संचालन गर्न नपाउँदा घरभाडा, व्यवसाय कर, बैँकको ऋण, तथा व्यवसायिक घाटाले कठिनाई भोग्नु परेको र आगामी दिनहरूमा पनि यो समस्या भोग्नु परे जुनसुकै कदम चाल्न बाध्य हुन सक्ने बताउँछन् दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय संचालन समितिका संयोजक विनोद श्रेष्ठ।








