प्रगतिशील गायक जेबी टुहुरे हामी विच रहेन

आफ्ना गीत संगीत मार्फत् जनतामा चेतनाको प्रवाह गराउन सफल गायक जेबी टुहुरेको ७६ वर्षको उमेरमा निधन भएको छ ।
उहाँले वि.सं. २०२४ सालदेखि सांगीतिक क्षेत्रमा प्रवेश गरेका थिए उहाँले १ सय ५० भन्दा बढी गीत रेकर्ड गराएका छन् ।
टुहुरेले २०१० सालबाट सांगीतिक यात्रा प्रारम्भ गरेका थिए । उहाँ गोरखा दक्षिणबाहु लगायत थुप्रै मान पदवीबाट सम्मान भइसकेको छ ।
सुनसरीको धरान घर भएका टुहुरेको वास्तविक नाम जुठबहादुर खड्गी हो ।
उनी दोस्रो संविधानसभामा तत्कालीन एनेकपा माओवादीबाट समानुपातिक सभासदसमेत बनेका थिए । २०७५ सालमा उनको नाममा जेबी टुहुरे फाउण्डेसन स्थापना गरिएको छ ।
जसमा उहाँकी छोरी निर्भीकाक अध्यक्ष रहेकी छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध