शुक्रराज जोशीको १२८ औं जन्मदिवस सम्पन्न

शहिद स्मारक समितिको आयोजनामा एक कार्यक्रमवीच भाद्र ६ गते जनै पूर्णिमाको दिन शुक्रराज शास्त्री जोशीको १२८ औ जन्मजयन्ति मनाइएको छ ।
ललितपुरको पुल्चोकस्थित शहिद शुक्र चोक, शहिद शुक्र मार्गमा रहेको शहिद शास्त्रीको शालिकमा माल्र्यापण गरि शुरु भएको कार्यक्रममा शहिदको सम्मानमा एक मिनेट मौन धारण र शहिद गित प्रस्तुत गरिएको थियो ।
अमन खड्गीको रचना र शिव शाहीको संगीत रहेको शहिद गीतमा राजेन्द्र शाक्य, किरण कुमार शाक्य, पुजा सुनुवार र गंगादेवी महर्जनको स्वर रहेको छ ।
समितिका अध्यक्ष दुर्गावहादुर श्रेष्ठको सभापतित्वमा ललितपुर महानगरपालिका वडा नं १० का अध्यक्ष नर्सिङ्ग व्यञ्जन्कारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोषाध्यक्ष मोहन राज शाक्यले स्वागत र सचिव रामकृष्ण हाडाले धन्यवाद ज्ञापन गरेको थियो ।
कार्यक्रम संचालन लोकप्रिय गायिका कुसुम बज्राचार्यले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध