मन्त्रीमण्डल बिस्तारको तयारी

मन्त्रालयको भागवण्डा टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भरखरै सुरु भएको बैठकमा जनता समाजवादी पार्टी जसपाबाट अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल छन् । हिजो बिहान र सांझ बसेको बैठकमा मन्त्रालय भागवण्डाको विषयमा सहमति नजुटेपछी अहिले बैठक बसेको हो । गठबन्धनबिचमा कुन दलले कति मन्त्रालय लिने सहमति बनेपछी आजै दलले मन्त्री बन्नेहरुको नाम दिने र  छ । एकीकृत समाजवादीमा मन्त्रीहरुको टुंगो लगाउने जिम्मा अध्यक्ष नेपाललाई हिजै दिइसकेको छ । यस्तै जसपाले आजै बैठक बसेर नाम टुंगो लगाउने स्रोतले जनाएको छ । जसपामा राजेन्द्र श्रेष्ठले सर्कारको नेतृत्व गर्ने संभावना उच्च छ । यस्तै मोहम्मद इस्तियाक राई, महेन्द्र राय यादव र रेनु यादव फुल मन्त्री हुनेछन् । जसपाले ४ मन्त्री र एक राज्यमन्त्री पाउने लगभग समझदारी छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध