प्रतिनिधिसभाबाट प्रधानमन्त्री शेरबहादुरले पाए विश्वासकाे मत, खाेप प्रमुख प्राथमिकतामा
असंवैधानिक रूपमा जेठ ८ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले विघटन गरेकाे संसद सर्वाेच्चका निर्णयबाट पुनःस्थापित भएपछि बसेकाे पहिलाे बैठकमा प्रधानमन्त्री शेरबहादुरले विश्वासकाे मत प्राप्त गरेका छन् ।
नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमाेर्चाले प्रम देउवालाइ विश्वासकाे मत दिएकाे हाे भने नेकपा (एमाले) माधव नेपाल पक्षका केही सांसदहरू तटस्थ बसेका थिए ।
संविधानकाे धारा ७६ (६) अनुरूप प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाकाे आफूमाथि विश्वास छ भन्ने मत माग गरेका थिए । प्रतिनिधिसभामा भएकाे मतदानमा उपस्थित भएका २४९ सांसदहरू मध्ये प्रस्तावकाे पक्षमा १६५ र विपक्षमा ८३ तथा मत दिन्न भन्ने पक्षमा १ मत मात्र परेकाे थियाे ।
मतदान अघि सांसदहरूले उठाएकाे जिज्ञासाकाे जवाफ दिँदै प्रधानमन्त्री देउवाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा बैठकमा उपस्थित नभएकाेमा असन्तुष्टी व्यक्त गरेका थिए । प्रधानमन्त्रीले बाेल्दा विपक्षी दलकाे नेता संसदमा उपस्थित हुनु पर्नेमा उनकाे स्थान खाली रहेकाे देखेर आफूलाइ दुःख लागेकाे देउवाले बताएका थिए ।
विश्वासकाे मतका लागि प्रस्तावमा छलफल हुँदा निवर्तमान प्रधानमन्त्री ओली बैठकमा उपस्थित थिएनन् । प्रमुख प्रतिपक्षीका तर्फबाट नेकपा (एमाले)का प्रवक्ता सांसद प्रदीप ज्ञवालीले धारणा राखेका थिए । नेता ज्ञवालीले ओली सरकारले गरेका कामहरूकाे चर्चा गर्दै सगरमाथाकाे उचाइ ८८४८।८६ मिटर पुगेका, लिम्पियाधुरासहितकाे नक्सा संसदबाट पारित गरेकाे, श्रमिकहरूकाे तलब बढाएकाे, १ कराेड ६१ लाख डाेज खाेप ल्याएकाे र भूकम्पबाट पीडित ८ लाख मानिसहरूकाे पुनर्बासकाे व्यवस्था गरेकाे जिकिर गरे ।








