गैरआवासीय नेपाली संघ यूकेको मत सर्वेक्षणमा श्रेष्ठको अग्रता

आउँदो जुलाई ३१ मा हुने गैरआवासीय नेपाली संघ यूके (एनआरएन यूके)को निर्वाचनमा अध्यक्ष प्रत्यासीहरु मध्ये दीपक श्रेष्ठ अगाडि देखिएका छन् ।
सामाजिक सञ्जालमा गरिएको लण्डन–काठमाडौं मत सर्वेक्षणमा तीन जना प्रत्यासीहरु मध्ये श्रेष्ठले ४३.२ प्रतिशत मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी प्रेम गाहा मगरले ३५.४ प्रतिशत र रोजिना प्रधान राइले २१.४ प्रतिशत मत प्राप्त गरेका थिए । सर्वेक्षणमा ४७,४८४ जनाले सहभागिता जनाएका थिए ।
कपिलवस्तुमा जन्मिएका श्रेष्ठ हाल लण्डनमा बसोबास गर्दै आएका छन् भने उनी बलुन नेपालका संस्थापक समेत हुन् ।


कर्मभूमिमा कमाई जन्मभूमिमा लगानी भन्ने नाराका साथ चुनावी मैदानमा उत्रिएका श्रेष्ठ यसअघि एनआरएनए यूकेको बुद्ध नेपाल क्याम्पेनिङ्ग (२०१७–१९)का अन्तर्राष्ट्रिय संयोजक समेत हुन् ।
यसअघि उनले सन् २०१५–१५ मा कोषाध्यक्ष तथा १३–१५ मा कार्यकारी सदस्य रहेर संघमा सेवा प्रदान गरिसकेका छन् भने एनआरएनए यूकेको इङ्गल्याण्ड स्टेट कोर्डिनेशन काउन्सिलका संस्थापक अध्यक्ष, बुद्ध फाउण्डेशन यूकेका संस्थापक अध्यक्ष, पासा पुचः गुथि यूकेका उपाध्यक्ष एवम् कपिलवस्तु समाज यूकेका संस्थापक अध्यक्षका रुपमा समेत सेवा प्रदान गरिसकेका छन् ।
अध्यक्ष प्रत्यासी श्रेष्ठले आफूलाई अध्यक्ष पदमा निर्वाचित गरे नेपाली नागरिकताका सम्बन्धमा कुनै सम्झौता नगर्ने जिकिर गर्दै आफ्नो घोषणापत्रमा लेखेका छन् ः
प्रवासमा बस्ने हामी दशौं लाख नेपालीहरुको मनमा सधैं बिझाइरहने एउटै विषय हो– नेपाली नागरिकताको निरन्तरता । भौतिक रुपमा विदेशमा रहेर पनि भावनात्मक, सामाजिक, आर्थिक, सांस्कृतिक हरेक हिसाबले मातृभूमि नेपालसंगै निकट रहेका हामी गैराअवासीय नेपालीहरुबाट जबर्जस्ती हाम्रो नेपाली नागरिकता खोसिने कार्य हामीलाई किमार्थ स्वीकार्य छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध