पत्रकार कोभिड कोषलाई शिक्षामन्त्रीको सहयोग

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेवाः पत्रकार राष्ट्रिय दबूको कोरोना कोषका लागि एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
यससँगै कोषमा तीन लाख साठी हजार एक सय आठ रुपैयाँ नगद सहयोग संकलन भएको छ भने विभिन्न दाताहरुबाट औषधि तथा अन्य राहत सामग्री संकलन भएको कोभिड रेस्पोन्स टीमका संयोजक सुरेन्द्र भक्त श्रेष्ठले जनाएको छ ।
मन्त्री श्रेष्ठले मन्त्री निवासमा कोषका संयोजक श्रेष्ठयात सहयोग रकम हस्तान्तरण गरेको थियो ।
सहयोग हस्तान्तरणका क्रममा श्रेष्ठले पत्रकारिताबाट समुदायको अधिकार, भाषा, संस्कृति उत्थानमा पत्रकार दबूले गर्दै आएको कार्यको सराहना गर्दै पत्रकारहरुको सहयोगका लागि स्थापित कोषका लागि सहयोग उपलब्ध गराउन पाउँदा खुसी लागेको बताए ।
उनले काठमाडौं महानगरपालिकाले नेपालभाषामा शिक्षा दिने कार्य थालेको सकारात्मक रहेको बताउँदै ९ कक्षा भन्दा माथि पनि ऐच्छिक विषयको समूहमा मातृभाषालाई एकै समूहमा ल्याउने कार्य गरेको जानकारी दिए ।


चिकित्सा शिक्षा आयोगमा विवादको समाचार बाहिर आएको जस्तो नभई सौहार्दपूर्णरुपमा नै आयोगले स्वीकृति दिएको समेत उनले बताए ।
भेटका क्रममा पत्रकार दबूका अध्यक्ष सुरजबीर बज्राचार्य पत्रकार दबू नेपाली सञ्चार क्षेत्र समावेशी बनाउने अभियान चलाई रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध